Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा जीपी कोईराला स्मृति महिला भलिवल रनिङ शिल्ड प्रतियोगिता हुँदै

बुटवलमा जीपी कोईराला स्मृति महिला भलिवल रनिङ शिल्ड प्रतियोगिता हुँदै

  • 1.3K
    SHARES

  • बुटवलमा जीपी कोईराला स्मृति महिला भलिवल रनिङ शिल्ड प्रतियोगिता हुँदै

    बुटवल,फागुन ३ ।

    बुटवलमा चौधौं संस्करणको जीपि कोईराला स्मृति महिला भलिवल रनिङ शिल्ड प्रतियोगिताको तयारी गरिएको छ ।

    जीपि कोईराला स्मृति प्रतिष्ठानले स्वर्गीय गिरिजाप्रसाद कोईरालाको चौधौं स्मृति दिवसको अवसरमा यहि फागुन ५ र ६ गते बुटवलमा महिला भलिवल रनिङ शिल्ड प्रतियोगिता गर्न लागिएको बिहिबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो ।

    बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा सहयोगमा सञ्चालन गर्न लागिएको प्रतियोगितामा बुटवल उपमहानगरपालिका सहित तिलोत्तमा, सैनामैना र देवदह नगरपालिकाका विद्यालयलाई सहभागी गराईने प्रतिष्ठानका अध्यक्ष रामबहादुर कार्कीले जानकारी गराउनु भयो । यस अगाडिसम्म बुटवल उपमहानगरपालिका भित्रका विद्यालय मात्रै सहभागी गराउदै आएकोमा यसलाई अझै फराकिलो गराउन छिमेकी पालिकालाई पनि समेटिएको उहाँले बताउनु भयो ।

    ज्ञानोदय माध्यमिक विद्यालयको प्राङ्गढमा सञ्चालन गरिने प्रतियोगितामा २० टिम सहभागी हुने र प्रतियोगिताको तयारीको काम भईरहेको प्रतिष्ठानका उपाध्यक्ष काजिमान श्रेष्ठले बताउनु भयो ।

    प्रतियोगितामा प्रथम हुने टिमलाई २० हजार रुपैंया नगद पुरस्कार सहित रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै द्वितीय हुनेलाई १५ हजार, तृतीय हुनेलाई १० हजार र चौथो हुनेलाई सान्त्वना स्वरुप ५ हजार नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतिष्ठानका सचिव तथा कार्यक्रम संयोजक परमानन्द भट्टराईले जानकारी गराउनु भयो । यस अगाडि बुटवलको एभरेष्ट माविले जितेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology