Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेसले पुस १३ गते देशभरका १६५ निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने

कांग्रेसले पुस १३ गते देशभरका १६५ निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने

  • 2.8K
    SHARES

  • कांग्रेसले पुस १३ गते देशभरका १६५ निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने

    बुटवल,पुस ९- 

    नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारविरूद्ध देशैभर आन्दोलन गर्ने निर्णय गरेको छ।

    आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले पुस १३ गते देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो।

    महामन्त्री पूर्णबहादुर खड्काले दिएको जानकारीअनुसार संघीय निर्वाचन क्षेत्रहरूमा विरोध प्रदर्शन गर्ने निर्णय भएको छ।प्रधानमन्त्री ओलीले गत आइतबार प्रतिनिधिसभा भंग गरेका थिए। उक्त कदमलाई कांग्रेसले असंवैधानिक भनेको छ। 

    आजै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको केन्द्रीय सदस्य भेलाले सरकारविरूद्ध आन्दोलनमा जाने निष्कर्ष निकालेका थिए। अहिले केन्द्रीय कार्यसमिति बैठक जारी छ। केन्द्रीय सदस्यहरूले बैठकमा धारणा राखिरहेका छन्।

    मंगलबारदेखि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक निरन्तर चलिरहेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology