बुटवल,फागुन ३ ।
बुटवलमा ४ वटा हाइटेन्सन लाइनमा ब्लिन्कर व्यारिक्याड लाईट र रिफ्लेक्ट लाइट जडान गरिएको छ ।
एक कार्यक्रमको आयोजना गर्दै नेपाल तरुण दल रुपन्देहीका कार्यवाहक सभापति प्रसन्न कोइरालाको नेतृत्वमा उक्त लाइट जडान गरिएको हो ।दुर्घटना न्यूनीकरणका लागि रिफ्लेक्ट लाइट जडान गरिएको हाे ।
होराइजन चोकदेखि योगिकुटीको बिचमा पर्ने हाइटेनसनलाइनमा पछिल्लो समय अत्यधिक दुर्घटना हुँदै आएको थियो ।
पछिल्लो ४० दिनको अन्तरालमा ४ जनाको मृत्यु भएको थियो भने ७ जना गम्भीर घाइते भएका थिए । लाइट जडान कार्यक्रममा तरुण दल क्षेत्रीय सभापती हसन्त लामा , तरुण दल नगर सभापति सुजन पुन , नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष सन्दिप पाण्डे , नेवी संघ केन्द्रिय सदस्य बलराम पौडेल युवा नेताहरु बिमल गुरुङ , बिमल पौडेल एवम स्थानिय सर्वसाधारणको उपस्थिति रहेको थियो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)