Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कक्षा ९ मा पढ्ने  छात्रालाई साथीको डेरामा लगेर बलात्कार गर्ने यादव पक्राउ

कक्षा ९ मा पढ्ने  छात्रालाई साथीको डेरामा लगेर बलात्कार गर्ने यादव पक्राउ

  • 1.3K
    SHARES

  • कक्षा ९ मा पढ्ने  छात्रालाई साथीको डेरामा लगेर बलात्कार गर्ने यादव पक्राउ

    लहान, फागु ३ ।

    प्रणय दिवस तथा सरस्वती पूजाको दिन कक्षा –९ मा पढ्ने  छात्रालाई लहानस्थित साथीको डेरामा ल्याएर बलात्कार गर्ने सुखीपुर नगरपालिका –२ का मनिकलाल यादवका छोरा वर्ष १८ का नितेशकुमार यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

    प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन्द्रराज पाण्डेका अनुसार लहान –१ स्थित सहिद चोकदेखि दक्षिण रहेको तरकारी बजारस्थित तीन तले घरको दोस्रो तलामा भाडा लिइ बसिरहेको अरुणकुमार यादवको डेरामा प्रणय दिवसको मौका छोपी दिउँसो २ बजे  बरियारपटि गाउँपालिका –४ की कक्षा ९ मा पढने १५ वर्षीया परिवर्तित नाम (निरु) लाई ललाइ–फकाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको  जनाएको छ ।  

    इलाका प्रहरी कार्यालय लहानमा रहेका नितेश यादवसँग प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको लहानका प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टले  बताउनुभयो । उहाँको अनुसार बलात्कृत भएकी छात्रा परिवर्तित नाम निरुलाई प्रादेशिक अस्पताल लहानमा उपचार गरी विराटनगरस्थित नोवेल मेडिकल अस्पताल बिराटनगर लगिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology