Logo बुधवार, श्रावण १३ गते २०८३
images

युवा नेतृत्वको परिणाम : गुल्मीको रूरूक्षेत्र गाउँपालिका लुम्बिनी प्रदेशमा पहिलो,देशभरमा चौंथो

युवा नेतृत्वको परिणाम : गुल्मीको रूरूक्षेत्र गाउँपालिका लुम्बिनी प्रदेशमा पहिलो,देशभरमा चौंथो

  • 8.9K
    SHARES

  • युवा नेतृत्वको परिणाम : गुल्मीको  रूरूक्षेत्र गाउँपालिका लुम्बिनी प्रदेशमा पहिलो,देशभरमा चौंथो

    बुटवल,फागुन २।

    गुल्मीको रूरूक्षेत्र गाउँपालिका कार्यसम्पादनमा प्रथम भएको छ । दुई नगरपालिका र दश गाउँपालिका गरि १२ स्थानीय तहमध्ये स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा ९३.२५ प्रतिशत अङ्क प्राप्त गरेको यस गाउँपालिका स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा हालसम्म लुम्बिनी प्रदेशमा पहिलो र देशभरमा चौंथो भएको छ ।

    आर्थिक वर्ष २०७९-०८० को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा सार्वजनिक हालसम्मको नतिजा अनुसार रुरुक्षेत्र गाउँपालिकाले ९५.५ प्रतिशत अङ्क प्राप्त गर्दै लुम्बिनी प्रदेशसँगै यस जिल्लामा पहिलो र देशभरका स्थानीय तहमध्येबाट चौथो भएको छ । यस नतिजाले आफुहरुलाइ काम गर्न थप हौसला मिलेको रुरुक्षेत्र गाउपालिका अध्यक्ष यदु ज्ञवाली सन्तोषको भनाइ छ ।

    स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा ९३.७५ प्रतिशत अङ्क प्राप्त गर्दै पहिलो भएको धुर्कोट गाउँपालिकाले स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा ९४.५ अङ्क प्राप्त गर्दै जिल्लामा दोस्रो भएको सार्वजनिक नतिजामा उल्लेख छ ।लिजामा ९१.२५ प्रतिशत अङ्क प्राप्त गरेको मदाने गाउँपालिकाले एफआरएमा ९१ प्रतिशत अङ्क प्राप्त गरेको छ । ९३.२५ प्राप्त गरेको चन्द्रकोट गाउँपालिकाले एफआरएमा ८८.५ प्रतिशत अङ्क प्राप्त गरेको छ । ८२.२५ प्रतिशत अङ्क प्राप्त गरेको छत्रकोट गाउँपालिकाले एफआरएमा ८६ प्रतिशत अङ्क प्राप्त गरेको छ ।

    ८८.५ प्रतिशत अङ्क प्राप्त गरेको मालिका गाउँपालिकाले एफआरएमा ८५.५ प्रतिशत अङ्क प्राप्त गरेको सार्वजनिक नतिजामा उल्लेख गरिएको छ ।त्यस्तै, लिजामा ८८ प्रतिशत अङ्क प्राप्त गरेको सत्यवती गाउँपालिकाले एफआरएमा ८३.५ प्रतिशत अङ्क प्राप्त गरेको छ । लिजामा ८६.२५ प्रतिशत अङ्क प्राप्त गरेको गुल्मीदरबार गाउँपालिकाले एफआरएमा ८३ प्रतिशत अङ्क प्राप्त गरेको छ । लिजामा ९०.२५ प्रतिशत अङ्क प्राप्त गरेको रेसुङ्गा नगरपालिकाले एफआरएमा ८२.५ प्रतिशत अङ्क प्राप्त गरेको छ ।

    acc.jfif

    लिजामा ९१.५ प्रतिशत अङ्क प्राप्त गरेको मुसिकोट नगरपालिकाले एफआरएमा ८२.५ प्रतिशत अङ्क प्राप्त गरेको छ । लिजामा ९० प्रतिशत अङ्क प्राप्त गरेको कालीगण्डकी गाउँपालिकाले एफआरएमा ७९ प्रतिशत अङ्क प्राप्त गरेको छ । लिजामा ८५.५ प्रतिशत अङ्क प्राप्त गरेको ईस्मा गाउँपालिकाले एफआरएमा ७५.५ प्रतिशत अङ्क प्राप्त गरेको सार्वजनिक नतिजामा उल्लेख छ ।

    स्थानीय तहको वित्तीय प्रणाली व्यवस्थित, पारदर्शी, विधिसम्मत र प्रभावकारी बनाउन स्थानीय वित्त व्यवस्थापनका सम्भावित जोखिमका क्षेत्रहरुको पहिचान गरि यसको लेखाजोखाको माध्यमबाट स्थानीय तहको वित्तीय सुशासनलाई संस्थागत गर्नका लागि स्थानीय वित्तीय सुशासन जोखिम मूल्याङ्कन गरिन्छ ।

    स्थानीय सरकार आफुले सम्पादन गरेका कार्यविधिले तोकेबमोजिमका क्रियाकलापहरुको प्रमाणित कागजात पेश गरि मूल्याङ्कन गर्न सकिने व्यवस्था रहेको रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनुभयो । जनप्रतिनिधिले नीति कार्यक्रम र आवश्यक निर्णय गर्ने तथा कर्मचारीले कुशलता र कार्यदक्षता पूर्वक कार्य सम्पादन गरी सम्पादन भएका कामहरुको अभिलेखीकरण गर्न सकेमा उत्कृष्ट नतिजा ल्याउन सकिने रुरुक्षेत्र गाउँपालिकाका प्रशासन शाखा प्रमुख रामप्रसाद ज्ञवालीले बताउनुभयो ।

    उत्कृष्ट नतिजाको लागि प्रमुख प्रशासकीय अधिकृतको क्रियाशीलता, कार्य दक्षता, समन्वयकारी भूमिका र जनप्रतिनिधिको नीति निर्माण र कार्यान्वयनमा समन्वयकारी भूमिका रहेको खण्डमा तोकिएको लक्ष्य अनुसार नतिजा ल्याउन सकिने रुरुक्षेत्र गाउँपालिकाका सूचना प्रविधि अधिकृत इश्वरी न्यौपाने बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology