Logo बिहिवार, आश्विन १ गते २०८३
images

पाल्पामा जीप दुर्घटना अहिलेसम्म ८ जनाको शव फेला, उद्धारकार्य जारी

पाल्पामा जीप दुर्घटना अहिलेसम्म ८ जनाको शव फेला, उद्धारकार्य जारी

  • 3.4K
    SHARES

  • पाल्पामा जीप दुर्घटना अहिलेसम्म ८ जनाको शव फेला, उद्धारकार्य जारी

    पाल्पा,फागुन १। 

    पाल्पा तिनाउ गाउँपालिका ६ चिदिसमा जीप दुर्घटना भएको छ। तानसेन नगरपालिकाको डुम्रेबाट तिनाउ गाउँपालिकाको चिदिसतर्फ जाँदै गरेको लु१ज २३७१ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए।

    उनकाअनुसार ८ जनाको शव फेला परेको छ। अझै केहीको मृत्यु हुनसक्ने आशंका गरिएको छ। जीप २० जना सवार भएको अनुमान गरिएको छ।

    दिउँसो साढे बजेतिर दुर्घटना भएको हो। अहिले पनि उद्वारकार्य जारी रहेको डिएसपी श्रेष्ठले बताए। भित्री कच्ची सडकमा दुर्घटना भएको हो। जीप सडकभन्दा तल खसेको छ।

    डिएसपी श्रेष्ठ आफैँ घटनास्थल पुगेका छन्।  प्रहरी र स्थानीयले  घटनास्थल पुगेर उद्वार गरिरहेका छन्। घटनाबारे थप विवरण आउन बाँकी नै छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology