Logo बिहिवार, आश्विन १ गते २०८३
images

नमस्ते एकेडेमीले दोस्रो साहित्यिक महोत्सव गर्दै

नमस्ते एकेडेमीले दोस्रो साहित्यिक महोत्सव गर्दै

  • 1.7K
    SHARES

  • नमस्ते एकेडेमीले दोस्रो साहित्यिक महोत्सव गर्दै

    बुटवल,फागुन १ ।

    ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित नमस्ते एकडेमीमा सरस्वती पूजाका अवसरमा फागुन २ गते नयाँ विद्यार्थीहरुको अक्षरारम्भ साथै साहित्यिक महोत्सव हुने भएको छ । 

    वरिष्ठ बाल साहित्यकार  प्राध्यापक डा.कपिलदेव लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न हुने उक्त कार्यक्रममा मोफसलका साहित्यिक व्यक्तित्वहरूले नमस्तेका साहित्य अनुरागी विद्यार्थीहरुसित छलफल गर्ने कार्यक्रम रहेको विद्यालयका प्राचार्य जिम्मे शेर्पाले जानकारी दिए ।साहित्य समाजको ऐना हो । यसले विद्यार्थीलाई सृजनशील बनाउँछ । यसै कुरालाई मनन गरी यो कार्यक्रम आयोजना गरिएको हो प्राचार्य शेर्पाले भने । कार्यक्रममा मूलत पुस्तक लेखनका विषयमा विद्यार्थी र साहित्यकार विचमा छलफल हुने विद्यालयले जनाएको छ । 

    साहित्यिक महोत्सवमा नेपाली साहित्यमा  युवाको भूमिका ,लेखक कसरी बन्ने ,आर्ट अफ स्टोरी टेलिङ्गको महत्व र शैली, कविता वाचन कला शीर्षकमा साहित्यकार र विद्यार्थी बिचमा परिचर्चा गरिने सह प्राचार्य  लिलामणि पाण्डेले जानकारी जानकारी दिए ।

    अहिलेका बालबालिका साहित्यप्रति विशेष अभिरुचि राख्दछन् । उनीहरुका श्रृजनाको प्रदर्शनी पनि यो महोत्सवको विशेष आकर्षण रहने विद्यालयले जनाएको छ । पठन संस्कृतिप्रति पनि नमस्तेका बालबालिका उत्साहित रहेका छ्न । स साना विद्यार्थीले आफूले पढेका पुस्तकहरुको रिभ्यु समेत उक्त महोत्सवमा हुनेछ । 

    नमस्ते  एकेडेमीकी कक्षा ९ मा अध्ययनरत विद्यार्थी  श्रेयसी पन्थीले सृजना  गरेको पुस्तक Shape your life को विमोचन  र उक्त पुस्तकको समीक्षा समेत महोत्सवमा  हुने र विद्यार्थीका रुचि र स्तर अनुसारका पुस्तक प्रदर्शनी  हुने  संस्थापक प्राचार्य राजेन्द्र कुँवरले बताए ।

    नेपाली संस्कृति, कला ,साहित्य, भेषभुषा र परम्पराको जगेर्ना गर्ने उद्देश्य सहित आयोजना हुने यस कार्यकममा सरस्वती बन्दना सहित विविध नेपाली लोक सांस्कृतिको पनि पदर्शनी हुनेछ ।  कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका साहित्यप्रेमी बालबालिकाले आआफना बाल प्रतिभाहरु प्रस्तुत गर्न यो महोत्सव  उक्त  दिन अक्षरारम्भ गर्ने तथा सिट बुकिङ  गर्ने विद्यार्थीलाई  भर्ना शुल्क छुट गरिएको  विद्यालयले जनाएको  छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology