Logo बिहिवार, आश्विन १ गते २०८३
images

मणिमुकुन्द कपमा पुलिस, एपीएफ, लुम्बिनी, सुदूरपश्चिम छनोट

मणिमुकुन्द कपमा पुलिस, एपीएफ, लुम्बिनी, सुदूरपश्चिम छनोट

  • 939
    SHARES

  • मणिमुकुन्द कपमा  पुलिस, एपीएफ, लुम्बिनी, सुदूरपश्चिम छनोट

    बुटवल,माघ २९ ।
    रूपन्देहीको तिलोत्तमामा जारी नवौं मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सोमबार भएका खेलहरूमा सुदूरपश्चिम प्रदेश, नेपाल पुलिस क्लब लुम्बिनी प्रदेश, एपिएफ विजयी भएका छन्  ।

    पहिलो खेलमा सुदूरपश्चिम प्रदेश र मधेश प्रदेशबीच भएको खेलमा सोझो सेटमा मधेसलाई हराउँदै सुदूरपश्चिम विजयी भएको हो । खेलमा २५–१३ २५–१२ २५–१८ बनाएर सुदूरपश्चिम विजयी भएको हो ।

    यो खेलसँगै मधेस प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगितामा सुदूरपश्चिमका खेलाडी बेदप्रकाश जोशी म्यान अफ द म्याच भए । त्यसैगरी लुम्बिनी प्रदेश र कणाली प्रदेशबीच भएको खेलमा लुम्बिनी प्रदेश विजयी भएको छ ।

    प्रतियोगितामा पहिलो र दोस्रो सेट २५–२० २५–२० बनाएर जित निकालेको लुम्बिनीले तेस्रो सेट भने कर्णालीले लुम्बिनीलाई २३ मा रोक्दै २५ बनाएर जितेपछि खेल रोचक बनेको थियो तर लुम्बिनीले कर्णालीलाई २१ अंकमा रोक्दै २५ बनाएर विजयी भएको हो । यो प्रतियोगितामा पराजित भएसँगै कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ ।

    यो खेलमा लुम्बिनी प्रदेशका खेलाडी संगम श्रीस म्यान अफ द म्याच भए । त्यसैगरी नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच भएको प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ ।

    प्रतियोगिताभर त्रिभुवन आर्मी क्लबलाई दवावमा राखेको पुलिसले सोझो सेटमा जित निकालेको हो । प्रहरीले २५–२०, २५–२०, २५–२१ बनाएर विजयी भएको हो ।

    यो खेलमा नेपाल पुलिस क्लबका खेलाडी बलराम गुरुङ म्यान अफ द म्याच भए । चौथो खेल एपिएफ क्लब र गण्डकी प्रदेश बीच भएको खेलमा एपिएफ क्लब विजयी भएको छ । एपिएफले २५–१५, २५–२१, २५–१९ बनाएर विजयी भएको हो । यो प्रतियोगितामा एपीएफ क्लबका खेलाडी रूपेन्द्र नेपाली म्यान अफ द म्याच भएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, माघ २९ २०८०१०:३२:३२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology