Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलमा नियमित रक्तदाता संघको रक्तदान : १०१ जनाले गरे रगतदान

बुटवलमा नियमित रक्तदाता संघको रक्तदान : १०१ जनाले गरे रगतदान

  • 5.2K
    SHARES

  • बुटवलमा नियमित रक्तदाता संघको रक्तदान :  १०१ जनाले गरे रगतदान

    बुटवल, भदौ २०। 

    रगतको अभाव हुन नदिन बुटवलमा क्रियाशिल नियमित रक्तदाता संघले शनिवार गरेको रक्तदान कार्यक्रममा १०१ जनाले रक्तदान गरेका छन । 

    कोरोनाको माहामारी र लकडाउनको समयमा पनि रक्तदाताहरुको यस्तो उत्साह हुनुले समाजिक कार्यमा नियमित रक्तदाता संघले गरेको कार्यको योगदान महत्वपुर्ण नै भएको तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारीले बताउनुभयो ।

    रक्तदान कार्यक्रममा अध्यक्ष भण्डारीले रगतको अभाव हुन नदिनका लागि संघसंग सधै  तिलोत्तमा उद्योग वाणिज्यसंघ हातेमालो गर्न तयार रहेको समेत बताउनु भयो ।

    नियमित रक्तदाता सरोज शिलवालको मृत्यु पछि सुसुप्त अवस्थामा रहेको नियमित रक्तदाता संघ १३ वर्ष पछि पुन संचालनमा आएसंगै विगत केही महिना देखि हरेक महिनाको तेस्रो शनिवार नियमित रक्तदान गर्ने गरेको अध्यक्ष दया बहादुर सिलवालले बताउनुभयो ।

    संस्था पुनर जिवित भएपछि हरेक महिनाको तेस्रो शनिवार गर्ने रक्तदान कार्यक्रममा अन्तर्गत १०१ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक  प्रेम बहादुर सुनारले बताउनुभयोे ।

    संस्थाका संह संयोजक लेखनाथ भण्डारीले रगतको अभावमा कोही कसैले पनि ज्यान गुमाउन नपरोस भनी संस्थाले हरेक महिना नियमित रुपमा रक्तदान गर्ने गरेको र रगतको अभाव भएमा आकषमिक रुपमा रक्तदान गराएर अभावलाई समाधान गर्ने गरि कार्य योजना बनाएको समेत बताउनुभयो ।

    रक्तदान कार्यक्रममा समाजसेवि विमल बहादुर शाक्य, संस्थाका सल्लाहकार सुरेन्द्र शाक्य लगायतको उपस्थिती रहेको थियो ।रक्तदान कार्यक्रममा रक्त संचार सेवाकेन्द्रका निरन्जन राज भण्डारीको नेतृत्वको टोलीले प्राविधिक सहयोग गर्नु भएको सचिव महेश खनाल बताउनुभयो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology