Logo बिहिवार, आश्विन १ गते २०८३
images

‘संविधान संशोधन, जनमत संग्रह वा निर्वाचन जुनसुकै विधिबाट सरकारको नेतृत्व गर्न तयार छन् बिप्लव’

‘संविधान संशोधन, जनमत संग्रह वा निर्वाचन जुनसुकै विधिबाट सरकारको नेतृत्व गर्न तयार छन् बिप्लव’

  • 1.4K
    SHARES

  • ‘संविधान संशोधन, जनमत संग्रह वा निर्वाचन जुनसुकै विधिबाट सरकारको नेतृत्व गर्न तयार छन् बिप्लव’

    बुटवल,माघ २८ ।

    नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले ५ वर्ष सरकारको नेतृत्व गर्न पाए देशमा धेरै परिवर्तन गर्नसक्ने बताएका छन् । शनिबार बुटवलमा आयोजित अन्तर्क्रिरयामा उनले संविधान संशोधन, जनमत संग्रह वा निर्वाचन जुनसुकै विधिबाट आफू सरकारको नेतृत्व गर्न तयार रहेको बताए ।

    जनमत संग्रह, निर्वाचन वा संविधान संशोधन जेबाट भएपनि जनताबाट चुनिएर सरकारको नेतृत्वमा जाने कुरामा विमति नभएको बताउँदै  किसान र मजदुर वर्गको प्रतिनिधित्व सुनिश्चित हुनुपर्नेमा जोड दिनुभयो । उनले अन्य दलहरुसंग एकपटक आफूलाई सरकारको नेतृत्व दिन आग्र्रह गरे । २० औं शताब्दीको वैज्ञानिक समाजवाद पूर्णरुपले सफल हुन नसकेकाले नेपाली विशेषताको समाजवादी व्यवस्थामा जानुपर्ने आफ्नो पार्टीको स्पष्ट लाइन रहेको चन्दले खुलाए ।

    दलाल पुँजीवाद र साम्राज्यवादको हस्तक्षेपले मुलुकको राष्ट्रिय स्वाधीनता र अर्थतन्त्र परनिर्भर भएकाले देशलाई स्वाधीन र आत्मनिर्भर बनाउन नेपाली विशेषताको समाजवादमा सबै दल सहमत हुनुपर्ने उनले आग्रह गरे ।अहिलेको व्यवस्थामा अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सुरक्षा निकाय समेत भ्रष्टाचारमा डुबेको थुप्रै उदाहरण देखिएको र यसको कारण दलाल पुँजीवाद नै भएको चन्दको तर्क छ ।
    माओवादीसहित सबैजसो दलका नेताहरु श्रम संस्कारबाट च्यूत भएको भन्दै विदेशमा पुगेर गर्ने जस्तो मेहनत र श्रम देशमै गरे मात्रै मुलुक बन्ने उनले बताए । मन्त्रीहरुको सम्पत्ति राष्ट्रियकरण गर्नसके त्यसले समाजवादको आधार खडा गर्ने र नागरिकमा धेरै धन थुपार्ने लोभ कम हुने चन्दले तर्क गरे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology