बुटवल,पुस ९-
नेकपा प्रचण्ड-माधव समूहको महासचिवमा सुरेन्द्र पाण्डे चयन भएका छन् । बबरबहलस्थित कार्की बैन्क्वेटमा जारी केन्द्रिय समिति बैठकले पाण्डेलाई महासचिव बनाएको हो ।
उनी माधव नेपाल निकट हुन्। पाण्डेलाई महासचिव बनाउने बिषयमा सहमति भएपनि सो बिषयमा अनुमोदन भने स्थायी कमिटीले गर्ने बताइएको छ।
नेकपा प्रचण्ड-माधव खेमाका प्रवक्ता नारायणकाजी श्रेष्ठले संवाददाताहरुसँग कुरा गर्दै महासचिवको टुंगो स्थायी कमिटीले लगाउने बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)