बुटवल,माघ २८ ।
तिलोत्तमा ३ मा रहेको क्यामब्रीज मन्टेश्वरी एण्ड प्रि स्कुलको पाचौ बार्षिक उत्सव सम्पन्न भएको छ । कालिदाश न्यौपानेको अध्यक्षतामा भएको समारोहमा बोल्दै वडा न ३ का वडाध्यक्ष कल्याण पौड्यालले बिद्यार्थीको जग नै बिद्यालय भएको भन्दै राम्रो शिक्षाले उनीहरुको भबिश्य उज्वल बन्ने बताउनुभयो ।
सो अबसरमा बिभिन्न बिधामा उत्कृष्ट बनेका १५० बढी बिद्यार्थीलाइ समाजसेवी चित्र केसी,पत्रकार कपिल ज्ञवाली लगायतले पुरस्कार प्रदान गर्नुभयो । बिद्यालयका अध्यक्ष छत्र वहादुर कार्कीले खेलका बिधीबाट शिक्षण सिकाई गरिरहेको बताऊदै भारतको दिल्ली स्थित क्याम्व्रिज मन्टेश्वरीका प्रशिक्षक तथा नेपालका राष्ट्रिय प्रशिक्षक द्वारा प्रक्षिण दिईरहेको बताउनुभयो ।
अभिभावका तर्फवाट बरुण जवाली ,सुकदेव ज्ञवाली लगायतले आफ्ना बालवालिकाको सिकाई प्रति सन्तुस्ट रहेको बताउनुभयो ।
सो कार्यक्रममा जम्मा बिधार्थीहरुका १६ वटा समुहले नृत्य, गायन, रोल प्ले लगायत बिभिन्न सिर्जनात्मक प्रस्तुती राखेको कार्यक्रम सन्चालक लक्ष्मण भन्डारीले बताउनुभयो ।कार्यक्रममा शिक्षकहरुलाइ समेत प्रमाणपत्र सहित सम्मान गरिएको श्रीराम पन्थले जानकारी दिनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)