Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुद्ध टेलिभिजनको चौधौँ साधारणसभा : पूर्वाग्रह बिना कमीकमजोरी औँल्याउन बुटवल नगर प्रमुखको आग्रह

बुद्ध टेलिभिजनको चौधौँ साधारणसभा : पूर्वाग्रह बिना कमीकमजोरी औँल्याउन बुटवल नगर प्रमुखको आग्रह

  • 1.3K
    SHARES

  • बुद्ध टेलिभिजनको चौधौँ साधारणसभा : पूर्वाग्रह बिना कमीकमजोरी औँल्याउन बुटवल नगर प्रमुखको आग्रह

    बुटवल,माघ २७ ।

    शान्तिका लागि सञ्चार अभियानद्धारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ ।  समुदायकै लगानीमा सञ्चालित टेलिभिजन भएकाले समुदायमा नै आधारित भएर पत्रकारिता गर्न बक्ताहरुले  सुझाव दिएका छन् ।

    आर्थिक संकटको अवस्थामा पनि बुद्ध सामुदायिक टेलिभिजनले समुदायसंगै रहेर समाजिक उत्तरदायित्ववोध गरिरहेको बताए । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुद्ध टेलिभिजन गैरनाफामुलक भएकाले समुदायमा नै रहेर पत्रकारिता गर्नको लागि आग्रह गरे  ।कार्यक्रमको प्रमुख अतिथि समेत रहेका पाण्डेयले मिडिया र मिडियाकर्मीको प्रोत्साहनको लागि उपमहामनगरपालिकाले सहयोग र समन्वयन गर्दै आएको बताए । जनप्रतिनिधिले गरेका कमीकमोजारीलाई मिडियाले  औँल्याउनको लागि आग्रह गर्दै उनले नियोजित,पुर्वाग्राही भन्दा तथ्यमा रहेर खोज पत्रकारिता गर्नको लागि सुझाव दिए ।buddha television agm.jpg

    तथ्यमा आधारित रहेर खोज पत्रकारिता गर्ने मिडिया र पत्रकारलाई उपमहानगरपालिकाले प्रोत्साहन गर्ने मेयर पाण्डेयको भनाई छ । बुद्ध सामुदायिक टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीले टेलिभिजन देशै भर प्रसारणमा रहेपनि अहिले लुम्बिनी प्रदेशलाई मुख्य कार्य क्षेत्र बनेर अघि बढ्दा प्रदेशकै उत्कृष्ट टेलिभिजनको रुपमा स्थापित गर्न सफल भएको दाबी गरे ।om.jpg

    कोभिड पछि देखिएको आर्थिक संकटको प्रत्यक्ष प्रभाव सञ्चार क्षेत्रमा पनि देखिएको अवस्थामा टेलिभिजनलाई समुदायसंगै रहेर समाजिक उत्तरदायित्ववोध गरीरहेको जिकिर गरे । अध्यक्ष ज्ञवालीले समाचार र सुचनालाई प्राथामिकता दिएर अघि वढेको टेलिभिजनले कार्यक्रममा पनि समावेशि सिद्धान्तहरुलाई आधार मानेर विभिन्न भाषाका कार्यक्रम उत्पादन तथा प्रशारण गरेको साधारण सभामा जानकारी दिए ।

    टेलिभिजनका निर्वतमान अध्यक्ष पृथ बहादुर फौदारले टेलिभिजनको आफ्नै १ कठ्ठा जग्गा रहेकाले भवन निर्माणमा समितिले ध्यान दिनुपर्नेमा जोड दिए । टेलिभिजनका उपाध्यक्ष गोपाल प्रसाद ज्ञवालीले टेलिभिजन गैरनाफामुलक संस्था र समुदायकै सम्पत्ती भएको बताउँदै समुदायमै संचार संस्थाको रुपमा विकास गर्नको लागि सबै तयार हुनु पर्नेमा जोड दिए ।gopal.jpg

    टेलिभिजका कोषाध्यक्ष अरुण कुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७९–८० मा १ करोड ६ लाख ७८ हजार रुपैँयाको टेलिभिजनले आर्थिक कारोबार गरेकोमा ७१ लाख ५ हजार आम्दानी गर्न सफल भएको बताए ।

    यस्तै कार्यक्रममा टेलिभिजनका सल्लाहकार प्रभुराज ज्ञवाली , बुटवलका पुर्वनगर प्रमुख पुनाराम पोखरेल , सल्लाहकार महेश्वर प्रसाद श्रेष्ठ , पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल , टेलिभिजनका सल्लाहकार रिता सेन, शेयर सदस्य रामबहादुर कार्की र कार्यसमिति सदस्य डोलराज बस्यालले बोलेका थिए । यस्तै बन्द सत्रले अध्यक्ष र कोषाध्यक्षको आर्थिक प्रतिवेदन संसोधन सहित पारित गरेको छ ।oner.jpg

    टेलिभिजनमा फुलटाईम र पार्ट टाईम गरी झण्डै ५० जना पत्रकार, कर्मचारी जोडिएको टेलिभिजनका कार्यकारी प्रमुख विक्रम खड्काले जानकारी दिए । टेलिभिजनको बुटवल १२ ढवाहमा रहेको जग्गाको तत्काल तारजाली लगाएर संरक्षण गर्दै भवन निर्माणको काम अघि बढाउने प्रस्ताव पारित गरेको छ । साधारण सभाले सहसचिब जेबि गुरुङलाई विधान अनुसार सचिबमा पदोउन्नती गरेको छ ।

    btv team.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology