बुटवल,माघ २६ ।
बुटवल– ११ नहरपुर स्थित ज्ञानपुञ्ज अंग्रेजी वोर्डीङ्ग स्कूलले १९औं स्थापना दिवस एवम् अभिभावक दिवस सम्पन्न गरेको छ । विद्यालयका व्यवस्थापन समिति अध्यक्ष गंगाराम ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि टिकाराम पन्थी, उप–निर्देशक, विशिष्ट अतिथिमा प्याब्सन रुपन्देही उपाध्यक्ष कुलराज शर्मा, नगर प्याब्सन अध्यक्ष मित्रहरी आचार्य र तिनाउ बोर्डिङ्ग स्कूलका डाइरेक्टर यज्ञमुर्ती पाण्डे रहनुभएको थियो ।
साथै, विद्यालयका प्राचार्य तोयाराम पौडेल लगायतल बुटवल–११ मा रहेका विभिन्न टोल विकास संस्था, सहकारी, आमा समुह क्लव र संघ संस्थाहरु अतिथिको रुपमा रहनु भएको थियो ।
समग्र वचत तथा ऋण सहकारीका सचिव तथा अभिभावक भेषराज पोखरेल, भू.पू. विद्याथी मञ्च अध्यक्ष सिद्धार्थ कडेल, पूर्व नहरपुर टोल विकास संस्थाका अध्यक्ष एवम् अभिभावक विष्णु खनाल, हिमाली कृषि सहकारीका अध्यक्ष एवम् अभिभावक महेन्द्र भुसाल, वि अतिथि नगर अध्यक्ष मित्रहरी आचार्य, प्याब्सन रुपन्देही उपाध्यक्ष कुलराज शर्मा, यज्ञमूर्ती पाण्डे ले मन्तब्य एवम् शुभकामना ब्यक्त गर्नुभएको थियो । विद्यालयले गरेका विभिन्न कार्यहरुसँग विद्यालयका भावि योजना सहित विद्यालयको प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्राचार्य तोयाराम पौडेलले सबैलाइ धन्यवाद ज्ञापन गर्नुभयो ।
शिक्षा प्रमुख नगरपालिका टिकाराम पन्थीले विद्यालयले गरेको कार्यक्रम र शैक्षिक उपलब्धीको मुक्तकण्ठले प्रशंसा गर्दै विद्यालय अन्तरराष्ट्रि गुणस्तर मापदण्ड प्राप्त गरेको भन्दै अन्त्यन्तै खुसि ब्यक्त गर्दै उच्च प्रगतिको कामना व्यक्त गर्नुभएको थियो । विद्यालयको वार्षिकोत्सवको अवसर पारी खेल सप्ताह अन्तर्गत सञ्चालन गरेका विविध खेलका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको छ । साथै विज्ञान प्रदर्शनी, फुड फेष्टिवल सञ्चालन गरेको थियो ।
वार्षिकोत्सवको अवसरमा विद्यालयले विद्यालयमा कार्यरत ११० शिक्षक–शिक्षिका तथा कर्मचारीहरु लाई सम्मान गरेको छ ।संस्थाका प्राचार्य तथा लेखा शाखा प्रमुख तोयाराम पौडेल र बिमला पौडेललाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा उपस्थित अभिभावकलाई संस्थाका सह–प्राचार्य हिमलाल न्यौपानेले स्वागत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन विद्यालयका इ.सि.ए प्रमुख हरि भट्टराइले गर्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)