Logo मंगलवार, श्रावण १२ गते २०८३
images

ओलीले संसदनै भंग गरेर ‘कु’ काम गरे,संसद पूर्नस्थापनाको विकल्प छैन :चित्रबहादुर केसी ( भिडियाे सहित )

ओलीले संसदनै भंग गरेर ‘कु’ काम गरे,संसद पूर्नस्थापनाको विकल्प छैन :चित्रबहादुर केसी ( भिडियाे सहित )

  • 2.8K
    SHARES

  • ओलीले संसदनै भंग गरेर ‘कु’ काम गरे,संसद पूर्नस्थापनाको विकल्प छैन  :चित्रबहादुर केसी ( भिडियाे सहित )

    बुटवल,पुस ९-

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादूर केसीले प्रधानमन्त्री केपि ओलीले गरेको असंवैैधानिक कदमको सर्बोच्च अदालतले निकास दिनुपर्ने बताएका छन् ।उनले अब संसद पूर्नस्थापनाको विकल्प नभएको बताए ।

    रिपोर्टर्स क्लव नेपाल लूम्बिनी प्रदेशको आयोजनामा बुटवलमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीले नेकपाभित्रको गूटको बिबाद समाधान गर्न नसकेर ओलीले संसदनै भंग गरेर ‘कु’ काम गरेको बताए ।

    उनले भंग गरेर कु काम गरेको बताए । उनले भने यस्तो काम पनि गर्ने हो,आफ्नो पार्टीको लफडा देखाएर जनमतको अपमान गर्ने ओलीलाइ अधिकार छैन,अदालतको निर्णयले अब संसद पूर्नस्थापना गर्नुपर्छ ।

    देश कोरोनाका कारया तहस नहस भएको बेला निर्वाचनको नाममा राज्यको अर्बौ रकम सक्ने,दलालहरुलाइ अवसर दिने,अवसरबादीलाइ अगाडी ल्याउने काम हुन्छ,यसो हूदा झन् राजनीति खतम हुन्छ उनले भने ।

    उनले संसद विगटनको बिरुद्धमा सर्बोच्चले आदेश दिनुपर्ने भन्दै उनले मुलुकलाइ दर्घटनाबाट जोगाउनुको बिकल्प नभएको बताए  । ‘अब सबै प्रजातन्त्रबादी शक्तिहरु एक हुनुपर्छ,गतल कामको बिरोधमा पत्रकार,नागरिक समाज तथा सरोकारवाला सबैले पनि भुमिका खेल्नूपर्ने बेला आएको छ -’उनले भने । संघीयता मनैदेखि मान्न प्रधानमन्त्री ओली कहिले पनि तयार नभएको भन्दै नेता केसीले संघीयता खारेज गर्नूको बिकल्प नभएको समेत तर्क गरे ।

    नेपालमा कम्युनिष्ट पार्टीनै नरहेको भन्दै उनले कम्युष्टिको नाममा खोल ओढ्नेहरुको बिगबिगी रहेको समेत टीप्पणी गरे । उनले स्थानीय तहलाइ बलियो बनाउने र प्रदेश संरचना तत्काल खारेज गर्नुपर्ने धारणा राखे ।

    क्लवका अध्यक्ष रामकूमार क्षेत्रीको अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रमको संचालन क्लवका सचिव कपिल ज्ञवालीले गरेका थिए ।

    2.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology