बुटवल,माघ २५ ।
रूपन्देहीको शुद्धोधन गाउँपालिकामा जग्गाधनी दर्ता प्रमाणपूर्जा (लालपूर्जा) बितरण गरिएको छ ।राष्ट्रिय भूमि आयोग रूपन्देहीको आयोजना तथा शुद्धोधन गाउपालिकाको समन्वय तथा सहजीकरणमा पालिकाको वडा न ४ का अब्यवस्थित बसोबासीहरूलाइ लालपूर्जा बितरण गरिएको हो ।
राष्ट्रिय भूमि आयोग रूपन्देहीका अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले पछिल्लोपटक नेपालका २७ जिल्लामा आयोग गठन भएको र काका आधारमा रूपन्देही देशभरमा पहिलो भएको उहाको दाबि छ ।
उहाले रूपन्देहीमा ३५ हजार पूर्जा तयार रहेको बताउदै जनताले पुर्जा लिने वातावरण बनाउन दलहरूको पनि भुमिका रहने बताउनुभयो ।जनताको माग अनुसार काम गरिएको भन्दै उहाले शुद्धोधनका सातै वडामा पुर्जा बितरण गरिने बताउनुभयो ।सो अवसरमा बोल्दै बर्षाैंदेखि रोकिएको काम पूरा गर्न सफल भएको पालिकाका अध्यक्ष बिष्णुप्रसाद बस्यालले बताउनुभयो ।
उहाँले अहिलेको जिल्ला भूमि आयोगको क्रियाशीलताका कारण आफूहरूलाई काम गर्न सहज भएको बताउनुभयो ।बस्यालले लालपुर्जा बितरणका लागि राज्यले राजश्व घटाउनुपर्ने ,भूमिहीनलाई सहज बनाउनुपर्ने उल्लेख गर्नुभयो ।पालिकाका सातवटै वाडमा कानुनले दिएका जग्गामा सिमांकन सकिएको र कित्ताकाट बाकी रहेको उहाँको भनाइ छ ।
नापजाँचमा वडा अध्यक्ष ,जनप्रतिनिधि र ७२ टोलबिकास संस्थाले सहकार्य गरेर अघि बढ्नुपर्ने बस्यालको भनाइ छ । ‘हामी जनतालाई जग्गाको मालिक बनाउन चाहन्छौं,सबैलाई लालपुर्जा बितरण गरिनेछ,यसमा सबैलाई सहयोग गर्न आग्रह छ । ’–उँहाले भन्नुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाइले लालपूर्जा बितरण आवश्यक प्रकृयाका लागि हरेक पालिकाको करिब १५ प्रतिशत लगानी भैरहेको बताउनुभयो । अहिलको राजश्व २ सय प्रतिशतसम्म रहेको भन्दै यसलाई घटाउन र संसोधन गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।
सो अवसरमा संविधानसभा सदस्य सोनिया यादवले स-साना समस्याले पनि बिगतमा धेरैले दुख पाएको र लालपुर्जा नपाएकाहरूलाई आयोगले ध्यानमा राखेर काम गर्न आग्रह गर्नुभयो । यादवले सबै अब्यवस्थित बसोबासीलाई पुर्जा बितरण गरिनुपर्ने बताउनुभयो ।
वडा न ४ का अध्यक्ष तथा गाँउपालिकाका प्रवक्ता केशवप्रसाद अधिकारीले आफ्नै वार्डमा १० वटा पुर्जा बाडिएको बताउनुभयो । अर्काे पटक बांकी सबैलाई लालपुर्जा बाडिने बताउनुभयो । उहाँले चार नम्बर वडामा बिनाबिबाद नापजाँच गरेर लालपुर्जा बांड्न सकिएको उल्लेख गर्नुभयो ।
सो अवसरमा गाउपालिकाका उपाध्यक्ष शान्ता ज्ञवाली , आयोग रूपन्देहीका सदस्य भरत तिवारी,बिज्ञ सदस्य बद्रे आलम,निरमाया बोहोरा,नेपाली कांग्रेस पालिकाका सभापति दामोदर पौडेल लगायतले बोल्दै लालपूर्जा पाउने स्थानीयको बर्षाैँदेखिको सपना पूरा भएको उल्लेख गर्नुभयो ।
पालिकाले योजनाबद्ध रूपमा जनताका कामहरूलाइ प्राथमिकतामा राखेर काम गरेको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले जानकारी दिनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)