Logo बिहिवार, आश्विन १ गते २०८३
images

सिद्धार्थ गौतम बुद्ध क्याम्पसको छैठौं वार्षिक साधारणसभा सम्पन्न

सिद्धार्थ गौतम बुद्ध क्याम्पसको छैठौं वार्षिक साधारणसभा सम्पन्न

  • 2.2K
    SHARES

  • सिद्धार्थ गौतम बुद्ध क्याम्पसको छैठौं वार्षिक साधारणसभा सम्पन्न

    बुटवल,माघ २२ ।

    बुटवल-५, मा रहेको सिद्धार्थ गौतम बुद्ध क्याम्पसको छैठौं वार्षीक साधारण सभा/ क्याम्पससभा सम्पन्न भएको छ। व्यवस्थापन समितिका अध्यक्ष निर्मल प्रसाद लाकौलको सभापतित्व र जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईको प्रमुख आतिथ्यतामा साधारण सभा भएको हाे।

    कार्यक्रममा क्याम्पसको प्रतिवेदन क्याम्पस प्रमुख विष्णु प्रसाद रानाले र आ.व.  २०७९/८० को लेखा परिक्षण प्रतिवेदन तथा वित्तिय विवरणहरु उप-प्रशासक रामनाथ मालीले प्रस्तुत गर्नुभएको थियो ।

    क्याम्पसको शैक्षिक तथा आर्थिक उन्नयनको काममा गर्दै स्थापनाकालदेखि प्रध्यापनरत रोमिलाल राजभण्डारी, बुटवल   बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख, डा. खिमानन्द न्यौपाने संस्थापक प्राध्यापक महेन्द्र बहादुर सिंह, कर्मचारी संघका सभापती ओममद्र गौतम , प्राध्याप‌क संघका सभापती गोपाल प्रसाद चापागाई र उद्योग वाणिज्य संघका  अध्यक्ष हरी प्रसाद अर्यालले शुभकामना व्यक्त गर्नुभएको थियो ।

    आफ्नो कार्यकाल सफलता पूर्वक सम्पन्न गर्नु भएकोमा क्याम्पस प्रमुख विष्णुप्रसाद राना र सहायक क्याम्पस प्रमुखद्वय मनोज प्रसाद सापकोटा र रमेश प्रसाद पाण्डेलाई धन्यवाद ज्ञापन गर्दै मायाको चिनो प्रदान गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology