Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेशले मनायो सातौँ स्थापना दिवस

लुम्बिनी प्रदेशले मनायो सातौँ स्थापना दिवस

  • 1.4K
    SHARES

  • लुम्बिनी प्रदेशले मनायो सातौँ स्थापना दिवस

    बुटवल,माघ २१ ।

    लुम्बिनी प्रदेश स्थापना दिवस मनाइएको छ । आइतबार विभिन्न कार्यक्रम गरी लुम्बिनी प्रदेश स्थापना दिवस मनाइएको हो ।  

    प्रदेश सभाको पहिलो बैठक बसेको दिनका अवसरमा आइतबार लुम्बिनी प्रदेशको सातौँ स्थापना दिवस मनाइएको छ । सो अवसरमा प्रदेश प्रमुख अमिक शेरचनले संघीयता कार्यान्वयन गर्न लुम्बिनी प्रदेशबाट धेरै कुराहरु सिक्न सकिने बताए ।  उनले अझैँ पनि संविधानमा लेखिएका अधिकारहरु प्रदेश तहमा नआएको भन्दै प्रदेशलाई अधिकार सम्पन्न बनाउने गरी भूमिका खेल्न आवश्यक रहेको बताए ।  

    यस्तै मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले  संघीयताले सबै जातजाति, धर्मसंस्कृतीलाई जोड्न सफल भएको बताउँदै अव संघीयताबाटै मुलुकको विकास सम्भव रहेको बताए । उनले संघीयता भनेकै विविध संस्कृति बिचको एकता रहेको बताए । 

    यस्तै सभामुख तुलाराम घर्ती मगरले प्रदेशसभाले स्थानीय तहसँग कार्यक्रम सञ्चालन गरेर संघीयतालाई बलियो बनाउने गरी भूमिका खेलेको बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology