Logo बिहिवार, आश्विन १ गते २०८३
images

असल अभिभावक सम्बन्धी अन्तक्रियात्मक प्रशिक्षण कार्यक्रम

असल अभिभावक सम्बन्धी अन्तक्रियात्मक प्रशिक्षण कार्यक्रम

  • 2.8K
    SHARES

  • असल अभिभावक सम्बन्धी अन्तक्रियात्मक प्रशिक्षण कार्यक्रम

    बुटवल,माघ २१ ।

    तिलोत्तमा  ५ मणिग्राममा असल अभिभावक सम्बन्धी अन्तक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिका वडानम्बर –५ को आयोजना र किण्डरवल्र्ड मण्टेश्वरीको व्यवस्थापनमा भएको कार्यक्रममा  बाल स्याहार सम्बन्धी ४ वटा  फरक फरक विषयमा स्थानीय अभिभावकहरूलाई प्रशिक्षण दिइएको थियो ।

    प्रशिक्षण उद्घाटन गर्दै तिलोत्तमा –५ का वडाध्यक्ष रमेश डुम्रेले समाजको दिगो विकाशका लागि बालस्याहार अदृश्य तर अत्यन्त महत्वपूर्ण भएकोले आफ्नो वडाले सबल बालभविष्यका निम्ति प्रशिक्षण आयोजना गरेको बताउनुभयो । किण्डरवल्र्ड मण्टेश्वरीका संस्थापक केशव पाठकको स्वागतमा भएको कार्यक्रममा प्रशिक्षकहरूः अशोक सुवेदीले प्रभावकारी अभिभावकत्व, लक्ष्मी ज्ञवालीले पोषण, दिव्या पंगेनीले बाल सिकाई र गणेशप्रसाद अर्यालले बाल अधिकार विषयमा अभिभावकहरूलाई प्रशिक्षण दिनुभएको थियो ।

    मुक्तिनाथ गैह्रेको सञ्चालनमा भएको कार्यक्रमका सहभागी अभिभावकहरूले प्रशिक्षणका विषयमा जिज्ञासा सहित छलफल गरेका थिए भने विद्यार्थीहरूले आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए ।

    वडा सदस्यहरू धर्मादेवी न्यौपाने, हरि पन्त, नगरपालिकाका कृषि अधिकृत रामप्रसाद खनाल, वडा सचिव हरि खतिवडा, तिलोत्तमा उद्योग वाणिज्य संघका सदस्य किशोर पंगेनी, मण्टेश्वरीका सञ्चालक सुवर्णा पाण्डे, संयोजक सुधा खतिवडा, स्थानीय टोल विकाश समितिका पदाधिकारी, आमा समूहका पदधिकारी लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology