Logo बुधवार, श्रावण १३ गते २०८३
images

कांग्रेसमा भएको गणेश प्रवृत्तिको अन्त्य गर्न जरुरी : डा. डिला सङ्ग्रौला

कांग्रेसमा भएको गणेश प्रवृत्तिको अन्त्य गर्न जरुरी : डा. डिला सङ्ग्रौला

  • 1.3K
    SHARES

  • कांग्रेसमा भएको गणेश प्रवृत्तिको अन्त्य गर्न जरुरी : डा. डिला सङ्ग्रौला

    गुल्मी, माघ १८ ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले जनताका कुरा सुन्नका लागि समुदायमा कांग्रेस अभियानको सुरु गरिएको बताउनुभएको छ । गुल्मीमा अभियानको प्रारम्भ गर्नुहुँदै उहाँले समुदाय गएर जनताका कुरा सुन्नका लागि अभियानको सुरु गरिएको बताउनुभएको हो ।

    केन्द्रीय सदस्य डा. सङ्ग्रौलाले नेपाली कांग्रेसले जनताका माझमा गएर जनताका राय सुझाव लिनुका साथै कांग्रेसले ती राय सुझावलाई कार्यान्वयन गर्ने बेला आएको भन्दै अब सबैले कुराभन्दा पनि काम गर्नुपर्ने बताउनुभयो । उहाँले कांग्रेसमा भएको गणेश प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको भन्दै जनताले दिएको सुझावलाई ग्रहण गर्नका लागि समुदायस्तरमा कांग्रेस पुग्न लागेको बताउनुभयो ।

    यस अभियानले पार्टी सङ्गठनलाई सुदृढीकरण र रुपान्तरण मात्र नभएर नेताहरुको आचरण र शैलीमा परिवर्तन ल्याउन ठूलो सहयोग गर्ने भन्दै उहाँले समुदायको राय सुझाव लिएर कांग्रेसले आगामी नीति कार्यक्रम तय गर्ने जानकारी दिनुभयो । समुदायका जनताको समस्या समाधान गर्न अत्यन्तै जरुरी रहेको उल्लेख गर्नुहुँदै केन्द्रीय सदस्य डा. सङ्ग्रौलाले अभियानमार्फत सबैलाई समेट्नुपर्ने बताउनुभयो ।

    त्यस्तै, उहाँले देशमा व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा परिवर्तन आउन नसकेको भन्दै जनताको अवस्थामा पनि परिवर्तन ल्याउन आवश्यक रहेको जिकिर गर्नुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology