Logo बिहिवार, आश्विन १ गते २०८३
images

आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

  • 1.3K
    SHARES

  • आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडाैँ,माघ १८ ।

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबारदेखि लागु हुने गरी डिजेल, मटितेल, पेट्रोल र एलपी ग्यासको मूल्य बढाएको हो ।  निगमले पेट्रोल प्रतिलिटरमा चार रुपियाँ, डिजेल-मटितेल प्रतिलिटरमा दुई÷दुुई रुपियाँ र ग्यास प्रतिसिलिन्डरमा १५ रुपियाँ मूल्य बढाएको हो ।

    इन्डियन आयल कर्पाेरेसन (आइओसी) ले बुधबार पठाएको नयाँ मूल्य अनुुसार पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर चार रुपियाँ ५३ पैसा र ग्यास प्रतिसलिन्डर १५ रुपियाँ ७८ पैसा मूल्य बढेर आएकाले सोही अनुसार स्थानीय बजारमा मूल्य बढाएको निगमले जनाएको छ । नयाँ  मूल्य  अनुसार  बजारमा  पेट्रोल  प्रतिलिटर १७० रुपियाँ, डिजेल÷मटितेल प्रतिलिटर १५८  र  ग्यास  प्रतिसिलिन्डर  एक  हजार  ९१०  रुपियाँ पुुगेको छ ।

    हवाई इन्धनको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय  बजारमा  पेट्रोलियम  पदार्थको  मूल्य बढेकाले निगमले सोही अनुसार आन्तरिक बजारमा मूल्य बढाएको जनाएको छ । दुुई महिनादेखि अन्तर्राष्ट्रिय  बजारमा  घट्दै  आएको  पेट्रोलियम  पदार्थको  मूल्य अहिले आएर बढ्न गएको हो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology