बुटवल,माघ १७ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खांणले आफ्नो जन्म दिनमा रुख रोपेर मनाउनुभएको छ । क्लिन तिलोत्तमा ग्रीन तिलोत्तमाले चिरपरिचित नगरले रुख रोप्ने अभियान नै चलाएको छ ।
खाणले कुनै तडक भडक नगरी रुख रोपेर जन्म दिनको सम्झना मात्र गर्नुभएको हो । जन्म दिनको अवसरमा पश्चिमा शैलीको केक काटने बत्ती निभाउने जस्ता कार्यलाई बन्द गरी हरेक नागरिकलाई जीवन पद्धतीसंग जोडेर सांस्कारिक नगरपालिका बनाउने र समाजमा विकास गर्ने सोच अगाडी सारेको नगर प्रमुख रामकृष्ण खांणले बताउनु भयो ।
उहाँले नगरलाई वातावरण मैत्री सुन्दर र हरियाली नगरपालिका बनाउने बताउनुभयो । वातावरण स्वच्छ हुने मानिसको आयू लम्बिने र दीर्घ जीवन हुने र संस्कारको विकास गर्न नगरमा यस्तो अभियानलाई अगाडी सारेको नगर प्रमुख खांणले बताउनु भयो । उहाँले नगरबासी सबैले जन्मदिनमा रुख रोप्न आग्रह गर्नुभयो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)