बुटवल,माघ १७ ।
गुल्मी जुनियाँ तराई सम्पर्क समाज रुपन्देहीले सत्यवती गाउँपालिका–७, गुल्मीमा दुर्गा माताको मुर्ति हस्तान्तरण एवं मुर्ति प्राण प्रतिष्ठा कार्यक्रम गरेको छ ।
बम्घाकोट मन्दिरमा बाजागाजा सहित मुर्ति प्राण प्रतिष्ठा कार्यक्रम भएको गुल्मी जुनियाँ तराई सम्पर्क समाज रुपन्देहीका संस्थापक अध्यक्ष खडकबहादुर शाहीले बताउनुभयो । शाहीले गुल्मीमा धार्मिक पर्यटनको बिकासका साथै सामाजिक सेवामा समेत काम गरिरहेको जानकारी दिनुभयो ।
उहाँले गुल्मी जुनियामा स्थानीय सरकारसंग मिलेर शैक्षिक संग्रालयका लागि गुरुयाृजना बनाइसकेको बताउनुभयो । वडा न ७ का अध्यक्ष लोकबहादुर बुढाले संस्थाले सामाजिक काममा गरेको योगदानको चर्चा गर्नुभयो ।सो अबसरमा पण्डित लोकनाथ आचार्य,टोपबहादुर भण्डारी,बिष्णु हमाल ठकुरी लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा खडकबहादुर खत्री,श्रीप्रसाद खड्का,कुमबहादुर शाही,राजिन शाही,धलबहादुर थापा,बमबहादुर खत्री,लालबहादुर आले,गिरीप्रसाद आले लगायतको सहभागिता रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)