Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देहीको तिलोत्तमास्थित नमस्ते एकेडेमीमा खेल सप्ताह सुरु

रुपन्देहीको तिलोत्तमास्थित नमस्ते एकेडेमीमा खेल सप्ताह सुरु

  • 1.4K
    SHARES

  • रुपन्देहीको तिलोत्तमास्थित नमस्ते एकेडेमीमा खेल सप्ताह सुरु

    बुटवल,माघ १७ ।

    रुपन्देहीको तिलोत्तमा रहेको नमस्ते एकेडेमीमा खेल सप्ताह सुरु भएको छ । द बिटिस कलेज काठमाडौँको व्यवस्थापनमा सञ्चालित मोफसलको एक मात्र क्याम्ब्रिज इन्टरनेशनल स्कुल समेत रहेको नमस्तेमा बुधबार एक कार्यक्रमको आयोजना गरि खेल सप्ताहको शुभारम्भ भएको हो । 

    सप्ताहव्यापी रुपमा संचालन हुने विविध खेलमा कक्षा प्लेग्रुपदेखि १२ कक्षासम्मका विद्यार्थीले आफ्नो  खेल क्षमता र खेल भावना प्रस्तुत गर्ने विद्यालयका प्राचार्य जिग्मे शेर्पाले जानकारी दिए । खेल सप्ताहमा लङजम्प, हाइजम्प, सटफुट, २०० मिटर र ४०० मिटर दौड, टग अफ वार, फुटसल, वास्केट लगायतका खेल हुने खेल संयोजक मोहम्मद अलीले बताए ।

    game.jpg

    अतिरिक्त क्रियाकलाप प्रमुख रोमा शर्माको अध्यक्षतामा भएको कार्यक्रममा खेल संयोजक मोहम्मद अली, विद्यालयका व्यवस्थापक उमेश कंडेल, सहप्राचार्य लीलामणि पाण्डेय लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

    सरस्वती पुजाको अवसरलाई मध्यनजर गर्दै माघ २ गते साहित्यक महोत्सव राखिएको र सरस्वती पुजामा भर्ना हुने विद्यार्थीलाई निःशुल्क रुपमा भर्ना गरिने संस्थापक प्राचार्य राजेन्द्र कुँवरले बताए ।namaste academy.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology