Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मालिका सहकारीको रक्तदानमा १०१ पिन्ट रगत स‌ंकलन

मालिका सहकारीको रक्तदानमा १०१ पिन्ट रगत स‌ंकलन

  • 4.5K
    SHARES

  • मालिका सहकारीको रक्तदानमा १०१ पिन्ट रगत स‌ंकलन

    बुटवल,पुस ८ -

    मालिका बचत तथा ऋण सहकारी संस्था बुटवल ११ ले १३ औं बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । बुटवल देवीनगर चौपारिमा आयोजित कार्यक्रममा १०१पिन्ट रगत स‌ंकलन भएको सहकारीले जनाएको छ । 

    सहकारीका अध्यक्ष चित्रबहादुर बर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल स्वयंसेवीरक्तदाता समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रगतदानको महत्वबारे युवापुस्तालाइ बुझाउन सक्नुपर्ने बताए । उनले नियमित रुपमा रक्तदान कार्यक्रम गरिराख्न आग्रह गरे 

    सो अबसरमा सहकारीका उपाध्यक्ष कपिल आचार्य,कार्यक्रम संयोजक बिमलराज घिमिरे,सदस्य अर्जुन कुवर ,रामराज लामिछाने रक्तसंचार केन्द्रकी राधा शर्मा ,सहकारीका शोभा पौडेल लगायतले बोलेका थिए । सहकारीले हरेक बर्ष सामाजिक काम गर्दै आइरहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology