Logo बिहिवार, आश्विन १ गते २०८३
images

सेमलारबाट २ जना लागु औषध कारोबारे पक्राउ

सेमलारबाट २ जना लागु औषध कारोबारे पक्राउ

  • 1.4K
    SHARES

  • सेमलारबाट २ जना लागु औषध कारोबारे पक्राउ

    बुटवल,माघ १७ ।

    प्रहरीले बुटवल उप–महानगर १५ सेमलारबाट २ जना लागु औषध ब्राउनसुगरका कारोबारेलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरी टोलिले बुटवल उप–मानगरपालिका वडा नं १५ सेमलारबाट ७ सय मिलीग्राम ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा स्थानीय सकुन्तला मानन्धर र विपिन छन्त्याल रहेका छन् । उनीहरुबाट ७०० मिलीग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ ।

    लागु औषध कारोवार हुँदैछ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली खटाइएकोमा मानन्धर र छन्त्याललाई फेला पारी निजहरुको शरिर खानतलासी लिँदा निजहरुको साथबाट लागु औषध ब्राउन सुगर फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितले बताए ।

    पक्राउ परेकाहरुलाई लागु औषध कसुर शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology