Logo बुधवार, श्रावण १३ गते २०८३
images

भाेलि शहीद दिवसमा सार्वजनिक बिदा नहुने,सरकारी कार्यालयहरू खुल्ने !

भाेलि शहीद दिवसमा सार्वजनिक बिदा नहुने,सरकारी कार्यालयहरू खुल्ने !

  • 3.9K
    SHARES

  • भाेलि शहीद दिवसमा सार्वजनिक बिदा नहुने,सरकारी कार्यालयहरू खुल्ने !

    काठमाडौँ,माघ १५ ।

    भाेलि शहीद दिवसमा सार्वजनिक बिदा नहुने भएको छ ।  माघ १६ गते मङ्गलवार पर्ने शहीद दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाउने, तर सार्वजनिक बिदा भने नहुने गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए । 

    ‘मन्त्रिपरिषद्को बैठकले शहीद दिवसमा सार्वजनिक बिदा दिने गरेको थियो । यो वर्ष गरेको निर्णय अर्को वर्ष लागू हुन्छ’, उनले भने, ‘यो वर्षको बिदा गत वर्ष नै निर्धारण भएको हुनाले बिदा नदिएरै अन्य कार्यक्रम गरेर शहीदहरूप्रति सम्मान व्यक्त गरिने छ ।’

    शहीद दिवसलाई राष्ट्रिय रूपमा मनाइने छ । तर, सरकारी कार्यालयहरू खुल्ने छन् । शहीद दिवसमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेपछि मङ्गलवार सार्वजनिक बिदा हो होइन भन्ने बारे धेरैको चासो रहेको थियो । शहीद दिवसमा लिइने सार्वजनिक बिदा २०८१ देखि लागू हुने छ ।

    यसै गरी राष्ट्रिय रूपमा मनाइने तर कार्यालय खुल्ने प्रकृतिका दिवसहरूमा जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस जेठ २१ गते र निजामती सेवा दिवस भदौ २२ गते रहेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology