बुटवल, भदौ २०।
बुटवल, रोटरी क्लव अफ लुम्बिनी स्टार्स बुटवलले आर्थिक समस्यामा परेका दुर्घटनामा परेका आशिष थापा मगरलाई १० हजार रूपैयाँ नगद हस्तान्तरण गरेको छ ।
क्लबका अध्यक्ष बालकृष्ण पाण्डेले क्लवका सदस्यहरुले आफ्नो फजुल खर्च कटाएर बिरामी आशिषलाई आर्थिक सहयोग गरेको बताए ।
बाग्लुङ्ग जिल्ला स्थायी घर भएका २८ वर्षिय आशिष लकडाउनको समयमा चितवनबाट हिड्दै बुटवल आउने क्रममा नवलपरासीको भुताहमा भारतीय गाडीले ठक्कर दिएर घाइते भएका थिए ।
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत उनको बुटवलका अशोक बज्राचार्यले उनको उपचार र हेरचाह गरिरहेका छन् । विरामी शुक्रबार मात्रै होसमा आएका छन् ।
"अाशिष सहयाेगार्थ कार्यक्रम" क्लवका अध्यक्ष बालकृष्ण पाण्डे, संस्थापक अध्यक्ष यादव भण्डारी, प्रेसिडेन्ट नाेमिनी मुक्ति राम पन्थी, उपाध्यक्ष माेहन न्याैपाने, सचिव बिक्रम क्षेत्री, काेषाध्यक्ष ध्रुब काेईराला, सह-सचिव सुरज थापा मगर, युथ सर्भिस डारेक्टर राजीव गाैतम, एडिटर प्रकाश खरेल, मेम्बर बालकृष्ण शर्मा, राेट्रयाक्ट कल्व अफ लुम्बिनी सेटार्सका संस्थापक अध्यक्ष बिमल ढकाल र सदस्य सुवास बेल्वासे लगायतकाे सहयाेगमा रकम हस्तान्तरण गरिएकाे हाे ।
संकलित रकम बिरामी अाशिष थापा मगरलाई लुम्बिनी प्रादेशिक अस्पताल पुगेर क्लवका अध्यक्ष बालकृष्ण पाण्डे र संस्थापक अध्यक्ष यादव भण्डारीले सयुक्त रूपमा रकम हस्तान्तरण गरिएकाे हाे ।
क्लवका अध्यक्ष बालकृष्ण पाण्डेकाे तथा सचिव बिक्रम क्षेत्रीकाे संचालनमा सम्पन्न भएकाे हाे । भने कार्यक्रमकाे संयाेजन सह-सचिव सुरज थापा मगरले गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)
-
शनिवार, भाद्र २० २०७७०६:५६:४०
-