Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कालीगण्डकी करिडोरमा भीरबाट ट्रक खस्दा ३ जनाको मृत्यु

कालीगण्डकी करिडोरमा भीरबाट ट्रक खस्दा ३ जनाको मृत्यु

  • 2.8K
    SHARES

  • कालीगण्डकी करिडोरमा भीरबाट ट्रक खस्दा ३ जनाको मृत्यु

    नवलपुर,पुस ८ -

    पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका-३ स्थित कालीगण्डकी करिडोरको भोक्रोफाँटमा भिरबाट ट्रक खस्दा ३ जनाको मृत्यु भएको छ ।

    ना३ख ५३३९ नम्बरको लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरासी पूर्वका प्रहरी नायव उपरीक्षक डीएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।

    मृतकको सनाखत भैसकेको र तीनजना पुरुष रहेको प्रहरीले जनाएको छ । अन्य विवरणसमेत प्राप्त नभएको डीएसपी खाँणले बताए ।घटनास्थल गैंडाकोटस्थित पूर्व-पश्चिम राजमार्गदेखि करिब ३५ किलोमिटरको दुरीमा पर्छ ।

    ट्रक बुलिङटार गाउँपालिकाको खामबेंसीबाट फर्कदै गर्दा दुर्घटनामा परेको हो । ट्रक पहराबाट करिब एक सय मिटर तल खसेको छ । कालीगण्डकी करिडोरमै काम गर्ने ट्रक दुर्घटनामा परेको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology