Logo बिहिवार, आश्विन १ गते २०८३
images

सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष जीबी राई विरुद्ध डिफ्युजन नोटिस जारी

सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष जीबी राई विरुद्ध डिफ्युजन नोटिस जारी

  • 1.6K
    SHARES

  • सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष जीबी राई विरुद्ध डिफ्युजन नोटिस जारी

    काठमाडौँ,माघ १४।

    पोखरास्थित सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई विरुद्ध डिफ्युजन नोटिस जारी  भएको छ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल’ मार्फत राई विरुद्ध डिफ्युजन नोटिस जारी भएको कास्कीका एसपी मोहन थापाले बताए ।

    जीबी राई सहित ४ जना विरुद्ध डिफ्युजन जारी गर्न प्रहरी प्रधान कार्यालय स्थित नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी)मा जिल्ला प्रहरी कार्यालय कास्कीले पुस ५ मा पत्राचार गरेको थियो । अन्य तीनजनाको हकमा डिफ्युजन जारी भएको छैन ।

    अदालतमा विचाराधीन मुद्दामा आरोपीलाई पक्राउ गर्न इन्टरपोल मार्फत डिफ्युजन नोटिस जारी गरिन्छ । काठमाडौँ स्थित प्रहरी प्रधान कार्यालयको अनुरोधमा इन्टरपोल महासचिवालयबाट जीबी विरुद्ध नोटिस जारी गरिएको हो ।

    नोटिस जारी भएसँगै विश्वका जुनसुकै देशमा भेटिए पनि जीबीलाई इन्टरपोलले पक्राउ गरेर नेपालमा डिपोर्ट गर्न सक्छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सूर्य दर्शन सहकारीका वर्तमान अध्यक्ष बाग्लुङ्ग घर भएका थान बहादुर बुढामगर,ओखलढुङ्गा घर भएका पूर्व अध्यक्ष भूपेन्द्र राई र पूर्व सदस्य शिव बहादुर गुरुङ विरुद्ध पनि डिफ्युजन जारी गर्न पत्राचार गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology