बुटवल,माघ १३ ।
अक्सफोर्ड मा.विले खेलकुद सप्ताहकाे उद्घाटन गरेको छ ।विद्यार्थीहरूमा खेलकुदसम्बन्धि क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा कक्षा १ देखि९ सम्मका विद्यार्थीहरूकाे सहभागिता रहेको थियो।हिजाेबाट सुरु भएका खेलकुदहरू निरन्तर रूपमा चार दिनसम्म सञ्चालन हुनेछन् । खेलहरु एन्फा एकेडेमीकाे खेल मैदानमा भएका छन् ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष दुर्गादत्त भण्डारीकाे अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न सदन तथा स्काउटकाका विद्यार्थीहरूले मार्च पास गरेका थिए । कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य दिनेश भुसालले विद्यार्थीहरूमा खेलकुदप्रति रुचि जगाई उनीहरूमा प्रतिस्पर्धात्मक भावना जगाउनका लागि यस्ता कार्यक्रमहरू फलदायी हुने विचार राखेका थिए।
कार्यक्रममा क्याम्पस तर्फका अध्यक्ष अजित खनाल,क्याम्पस प्रमुख मनोज मरासिनी,विद्यालयका व्यवस्थापन समितिका सदस्य ललित प्रसाद खरेल,प्राध्यापक सुमन भुसाल लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख कपिल ढकालले गरेका थिए।
विद्यार्थीहरूको शारीरिक र मानसिक विकासका लागि विद्यालयले यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आइरहेको शिक्षक लक्ष्मण घिमिरेले जानकारी दिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)