Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी अटोमोबाईल्स एशोसियसन अफ नेपाल (नाडा) लुम्बिनीको पदस्थापन

लुम्बिनी अटोमोबाईल्स एशोसियसन अफ नेपाल (नाडा) लुम्बिनीको पदस्थापन

  • 2.0K
    SHARES

  • लुम्बिनी अटोमोबाईल्स एशोसियसन अफ नेपाल (नाडा) लुम्बिनीको पदस्थापन

    बुटवल,माघ १२ ।

    लुम्बिनी अटोमोबाईल्स एशोसियसन अफ नेपाल  (नाडा) लुम्बिनीमा पदस्थापन भएको छ । 

    नाडाको तेस्रो साधारण तथा दोस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन भएको हाे  । नाडा केन्द्रिय सदस्य नवराज भुषाल,निर्वाचन समितिका सदस्य गाेपाल पाण्डे तथा प्रेस सल्लाहकार कपिल ज्ञवालीले उनीहरूलाइ टीका, खादा तथा प्रमाणपत्र प्रदान गरे ।

    साे अवसरमा बाेल्दै नाडा केन्द्रिय सदस्य नवराज भुषालले संस्थागत विकासमा जोड दिन सुझाव दिए । नवनिर्वाचित अध्यक्ष गणेश प्रसाद भट्टराईले सबैको सहयोगमा उत्कृष्ट कार्यकाल बनाउने गरि अघि बढ्ने प्रतिवद्धता जनाए ।  अटो ब्यवसायीहरुको पिडामा संस्थागत सधै एकजुट हुने उनले बताए । नाडाका संस्थागत उपाध्यक्ष नरेन्द्र बहादुर वलीले सरकारबाट आवश्यक पहल गर्नुपर्ने अवस्था आएको बताए । बैक वित्तिय संस्थाहरु आफुहरु ठगिनुपरेको उनले गुनासो गरे । 

    कार्यक्रममा संस्थाका सल्लाहकार गोपाल पाण्डे, प्रेम फौदार, वरिष्ठ उपाध्यक्ष रोशन पाण्डे, उपाध्यक्ष कृष्ण भण्डारीले स्थापनाको छोटोसमयमा ब्यवसायिक हकहितसंगै सामाजिक कार्यमा उत्कृष्ट कार्य गर्न सफल भएको बताए ।

    पहिलो बैठकबाट विभिन्न निर्णय पारित :

    nada lumbini.jpg

    नाडा लुम्बिनीको पहिलो बैठकले विभिन्न प्रस्तावहरु पारित गरेको छ । बैठकबाट भुमि सापकोटा  र शेषमणि गौतमलाइ   सदस्यमा मनोनित गरेको छ । यसैगरि संघको सल्लाहकारमा गोपाल पाण्डे, अधिबक्ता कृष्ण पाण्डे, प्रेम फौदार, सन्तोष पाण्डे, रबिन्सन श्रेष्ठ, नेत्र ज्ञवाली मनोनित गरेको छ ।

    यसैगरि संस्थाको प्रेस सल्लाहकारमा कपिल ज्ञवाली र स्वस्तिक श्रेष्ठलाई मनोनित गरिएको नाडाका महासचिव राम प्रसाद बेल्बासेले बताए ।

    यसैगरि संस्थाबाट लुम्बिनी प्रदेशस्तर अटो शो आयोजना गर्नका लागि संस्थाका वरिष्ठ उपाध्यक्ष रोशन पाण्डेलाई जिम्मेवारी दिईएको छ । यसैगरि विभिन्न कार्यक्रमका संयोजकहरु समेत तोकिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology