Logo मंगलवार, श्रावण १२ गते २०८३
images

फागुन २१ पछि राष्ट्रिय सभामा दलीय हैसियत फेरिने

फागुन २१ पछि राष्ट्रिय सभामा दलीय हैसियत फेरिने

  • 1.3K
    SHARES

  • फागुन २१ पछि राष्ट्रिय सभामा दलीय हैसियत फेरिने

    काठमाडाैँ,माघ १२ ।

    आगामी फागुन २१ पछि राष्ट्रिय सभामा दलीय हैसियत फेरिने भएको छ ।

    राष्ट्रिय सभाको हिजो भएको निर्वाचन परिणामले माथिल्लो सदनको दलीय संरचनामा परिवर्तन भएको हो ।निर्वाचन परिणाम अनुसार नेकपा एमालेलाई पछि पार्दै नेकपा माओवादी केन्द्र सबैभन्दा ठूलो दल बन्दा नेपाली कांग्रेस दोस्रो ठूलो दल बनेको छ ।

    १९ पदका लागि भएको निर्वाचनमा सत्तारूढ गठबन्धनका १८ र एमालेका एक जना उम्मेदवार विजयी भएका छन् ।परिणाम अनुसार माओवादी केन्द्रका छ जनामध्ये पाँच जना उम्मेदवार निर्वाचित भएसँगै सो दलको कुल सदस्य सङ्ख्या यसअघि एमालेको सदस्य सङ्ख्या जति नै १७ पुगेको छ ।यसअघि तेस्रो ठूलो दल रहेको नेपाली कांग्रेस १६ सदस्य सङ्ख्यासहित दोस्रो ठुलो दल बनेको हो ।

    कांग्रेसका चार र माओवादीका तीन जना राष्ट्रिय सभा सदस्यको पदावधि फागुन २० गते सकिँदै छ ।नेकपा एमालेका एक उम्मेदवार निर्वाचित भएपनि सो दलको राष्ट्रिय सभामा सदस्य १० जनामा सीमित हुन पुगेको छ । उसको आठ जना सदस्यको पदावधि सकिन लागेकोमा एक जना मात्रै निर्वाचित भए ।rastryasava-1024x586-1.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology