Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी विकास कोषले सञ्चालनमा ल्यायो दैनिक १ लाखसम्म दियो बाल्न मिल्ने ‘दियो सेड’

लुम्बिनी विकास कोषले सञ्चालनमा ल्यायो दैनिक १ लाखसम्म दियो बाल्न मिल्ने ‘दियो सेड’

  • 1.3K
    SHARES

  • लुम्बिनी विकास कोषले सञ्चालनमा ल्यायो दैनिक १ लाखसम्म दियो बाल्न मिल्ने  ‘दियो सेड’

    लुम्बिनी, माघ ११ ।

    लुम्बिनी विकास कोषले दैनिक १ लाखसम्म दियो बाल्न मिल्ने गरी ‘दियो सेड’ सञ्चालनमा ल्याएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष संविधानसभा सदस्य डा.ल्हारक्याल लामाको पहलमा मायादेवी प्रवेशद्धारको पश्चिमपट्टी एकैपटकमा ८ हजार दियो बाल्न मिल्ने गरी स्थापना गरिएको सेडको विहिबार उद्घाटन गरिएको हो ।

    उपाध्यक्ष डा.लामा सहित छोग्न्यी रिपोन्छे, टुङ्गो कर्मा साङम्बो रिपोन्छे  र खान्डो छिरिङमा रिपोन्छेले दियो सेडको उद्घाटन गरेका हुन । उद्घाटनपछि उपाध्यक्ष डा. लामाले संसारभरका बौद्धमार्गीहरुले लुम्बिनी आएर बत्ती बाल्न इच्छुक हुने भएकाले दियो बाल्ने सेडले सुविधा थप्ने बताए । ‘दियो बाल्ने अठोट सहित दियो बाल्ने सेड बनाइएको हो, अझै चार वटा यस्तै सेड बनाउने योजना छ’ उनले भने –‘व्यवस्थित रुपमा दियो सेडक स्थापना गरिएकाले शुल्क तिरेर सेवा लिन आग्रह छ ।’ उपाध्यक्ष डा. लामाले मायादेवी मन्दिरको अशोक स्तम्भ नजिकै दियो बाल्दा त्यसले असर पारेको गुनासो समेत आएकाले मन्दिर परिसर वाहिर दियो सेड निर्माण गरिएको बताए ।

    बौद्धमार्गीहरुले मायादेवी मन्दिरमा आएर बत्ति बाल्न इच्छुक भएपनि त्यसको व्यवस्थापन हुन नसकिरहेको अवस्थामा आफूले अठोट गरे अनुसार काम गरेको उपाध्यक्ष लामाको भनाई छ ।  लामाका अनुसार अन्यत्र लाखौं दियो बाल्नु र लुम्बिनीमा थोरै दियो बाल्नु बराबर हुने बौद्धिष्टहरुमा मान्यता छ ।

    महायानी बौद्धिष्टहरुले आफ्नो परिवारको स्मृतीमा प्राय दियो बाल्ने प्रचलन रहन्छ । बौद्धमार्गीहरुको आस्था र विश्वासलाई मध्यनजर गरी दियो सेडक स्थापना गरिएको हो । दियो सेडले धार्मिक एकता र साँस्कृतिक सम्बन्धसँगै कोषको आन्तरीक आम्दानी समेत बृद्धि गर्ने कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताए ।
    उद्घाटन लगतै उपाध्यक्ष डा। लामा सहित छोग्न्यी रिपोन्छे, टुङ्गो कर्मा साङम्बो रिपोन्छे  र खान्डो छिरिङमा रिपोन्छेले दियो बालेर शुरुवात गरेका छन् । पहिलो ८ हजार सेडको १ लाख ३४ हजार रुपैयाँ रिपोन्छेहरुबाट प्राप्त भएको थियो । शुभारम्भकै दिन दियोबाट ३ लाख १३ हजार २ सय रुपैयाँ आम्दानी भएको कोषका लेखा प्रमुख भिम बस्नेतले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology