Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राष्ट्रिय सभा निर्वाचन: बागमतीमा सत्ता गठबन्धनले जित्यो चारै सिट

राष्ट्रिय सभा निर्वाचन: बागमतीमा सत्ता गठबन्धनले जित्यो चारै सिट

  • 2.7K
    SHARES

  • राष्ट्रिय सभा निर्वाचन: बागमतीमा सत्ता गठबन्धनले जित्यो चारै सिट

    काठमाडौं, माघ ११ ।

    राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशबाट सत्ता गठबन्धनका चारै जना उम्मेदवार विजयी भएका छन्। महिला र दलित, अल्पसंख्यक तथा अपांगता र अन्य क्लष्टरतर्फ सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका हुन्। 

    महिलातर्फ नेपाली कांग्रेसका विष्णुदेवी पुडासैनी छ हजार ६२२ मतभार सहित विजयी भइन्। उनले नेकपा (एमाले) की उम्मेदवार रोचकुमारी चौलागाईंलाई पराजित गरिन्। चौलागाईंले दुई हजार ५५२ मतभार ल्याइन्।

    दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल विश्वकर्मा निर्वाचित भए। उनले ६ हजार ५१२ मतभार प्राप्त गरे। उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार ध्रुवराज विश्वकर्माले तीन हजार ५२ मतभार प्राप्त गरे।अन्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार जीतजंग बस्नेत निर्वाचित भए। उनले छ हजार ५३१ मतभार ल्याउँदा नेकपा एमालेका त्रिलोचन निर्मल पौडेल दुई हजार ३५९ मतभारसहित पराजित भए।

    अल्पसंख्यक तथा अपांगतातर्फ नेकपा (एमाले) का उम्मेदवार विवेक देवकोटालाई पराजित गर्दै माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी निर्वाचित भए। अधिकारीले ६ हजार ४३६ मत प्राप्त गर्दा प्रतिस्पर्धी देवकोटाले दुई हजार ७३४ मत ल्याए।

    यी पनि हेराैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology