Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सापकोटा र सुबेदी विजयी

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सापकोटा र सुबेदी विजयी

  • 3.2K
    SHARES

  • लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सापकोटा र सुबेदी विजयी

    बुटवल,माघ ११ ।

    लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। निर्वाचनको अन्तिम मतपरिणामअनुसार नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र  नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका हुन्।

    काँग्रेसकी सापकोटाले ५ हजार ४३५ र माओबादीका सुवेदीले ५ हजार ४३५  मतभार प्राप्त गर्दै बिजयी भएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए ।

    पाण्डेका अनुसार नेकपा एमालेका उम्मेदवारी तुलसा केसीले २८६७ मतभार र झपेन्द्र घर्ती क्षेत्रीले ३०३९  मतभार प्राप्त गर्नु गरे भने त्यस्तै महिला कोटामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार विजयालक्ष्मी सिंहले २५० र अन्य कोटामा जनमत पार्टीका बालगोविन्द चौधरीले पनि २५० मतभार प्राप्त गरे ।

    मतदानमा प्रदेशसभा तर्फ ८७ र स्थानीय तह तर्फ दूई जना मतदानमा उपस्थित भएनन् ।लुम्बिनीमा रिक्त हुन गइ रहेको दुई सदस्य राष्ट्रिय सभा सदस्य चुन्न विहीवार विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो ।

    निर्वाचन दाङको घोराही उपमहानगरपालिका – १५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङगणमा भएको थियो । लुम्बिनी प्रदेशका १२ जिल्लामा गरि कुल एक सय नौं स्थानीय तहका दुई सय १८ जना प्रमुख तथा उपप्रमुख र ८७ जना प्रदेशसभा सदस्यसमेत गरि  कुल तीन सय पाँच जना  मतदाता थिए । 

    bishnu sapkota.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology