Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा दुई मत खसेन

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा दुई मत खसेन

  • 1.4K
    SHARES

  • राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा दुई मत खसेन

    दाङ,माघ ११ ।

    राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा तीन सय तीन मत मात्रै खसेको छ । लुम्बिनी प्रदेशमा रहेको तीन सय पाँच मतमध्ये निर्वाचनमा तीन सय तीन मत मात्रै खसेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभएको छ । 

    सूचना अधिकारी कुँवरका अनुसार प्रदेश सभाअन्तर्गत ८७ जनाले नै मतदान गरे पनि स्थानीय तहतर्फ दुई सय १६ जनाले मात्रै मतदान गर्नुभएको छ । स्थानीय तहतर्फ बाँकेको नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तव र रुपन्देहीको मायादेवी गाउँपालिका उपाध्यक्ष नर्वदा उपाध्याय निर्वाचनमा सहभागी हुन नसकेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी कुँवरले जानकारी दिनुभयो । 

    उहाँका अनुसार निर्वाचनमा मतदान गर्ने समय बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मलाई निर्धारण गरेपनि उहाँहरूले आफूहरू आउन नसक्ने जानकारी गराएपछि मतदान सकिएको जानकारी दिनुभएको छ । सूचना अधिकारी कुँवरले भन्नुभयो, ‘‘निर्वाचनमा मतदानका लागि दिउँसो ३ बजेसम्मलाई समय तोकिए पनि उहाँले उपस्थित हुन नसक्ने जानकारी गराएपछि मतदानको कार्य सकिएको छ ।’’ मायादेवी गाउँपालिका उपाध्यक्ष नर्वदा उपाध्याय बिरामी भएर उपस्थित हुन सक्नु भएन ।

    नरैनापुर गाउँपालिका उपाध्यक्ष  जयन्तीदेवी श्रीवास्तवले भने आफूलाई निर्वाचनको समय थाहा नभएका कारण निर्वाचनमा सहभागी हुन नसकेको जानकारी गराएको सूचना अधिकारी कुँवरले बताउनुभयो । मतदान सकिएपछि मतगणनाको तयारी भइरहेको उहाँको भनाइ छ । लुम्बिनी प्रदेशमा अन्यतर्फ एक जना र महिला सिटतर्फ एक जना गरेर दुई सिटका लागि ६ जना उम्मेदवार रहेका छन् । 

    गठबन्धनको तर्फबाट महिला कोटामा नेपाली कांग्रेसबाट  विष्णुदेवी सापकोटा, एमालेबाट तुलसा केसी र राप्रपाबाट विजयालक्ष्मी सिंह र अन्य कोटामा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का झक्कुप्रसाद सुवेदी, नेकपा एमालेबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री र जनमत पार्टीका बालगोविन्द चौधरी उम्मेदवार हुनुहुन्छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology