Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेश : राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान शुरु

लुम्बिनी प्रदेश : राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान शुरु

  • 1.2K
    SHARES

  • लुम्बिनी प्रदेश : राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान शुरु

    बुटवल,माघ ११ ।

    लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचन २०८० को मतदान शुरु भएको छ । पहिलो मतदान प्रदेश सभा सदस्यतर्फ मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र स्थानीय तहतर्फ घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले मतदान गरेका छन्। 

    दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदानको व्यवस्था गरिएको छ । मतदानका लागि दुई लाइन विभाजन गरिएको छ।

    लुम्बिनी प्रदेशमा गठबन्धनबाट अन्यतर्फ माओवादीका झक्कु सुवेदी र महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा चुनावी प्रतिस्पर्धामा छन् । एमालेका उम्मेदवारबाट महिलातर्फ तुलसा कुमारी केसी र अन्यतर्फ झपेन्द्रबहादुर घर्ती क्षेत्रीको उम्मेदवारी परेको छ । राप्रपाले महिलातर्फ विजयलक्ष्मी सिंहलाई मैदानमा पठाउँदा जनमत पार्टीबाट बालगोविन्द चौधरी पनि प्रतिस्पर्धामा छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology