Logo बिहिवार, आश्विन १ गते २०८३
images

७ हजार जनाको पीसीआर परीक्षण गर्दा ७२२ जना कोरोना संक्रमित

७ हजार जनाको पीसीआर परीक्षण गर्दा ७२२ जना कोरोना संक्रमित

  • 2.7K
    SHARES

  • ७ हजार जनाको पीसीआर परीक्षण गर्दा ७२२ जना कोरोना संक्रमित

    बुटवल,पुस ७- 

    नेपालमा आज थप ७२२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७ हजार जनाको पीसीआर परीक्षणमा ७२२ जनामा संक्रमण पुष्टि भएको हो।

    गत २४ घण्टामा ९६६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ४५ हजार ७ सय ९ जना छन् । नेपालमा निको हुने दर ९६ दशमलव ३ प्रतिशत रहेको छ ।

    कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ७ सय ९८ रहेको छ ।गत २४ घण्टामा काठमाडौं उपत्यकामा ३६५ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा ३ सय , भक्तपुरमा २३ र ललितपुरमा ४२ जना संक्रमित थपिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology