Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तीन वर्षे रणनीतिक योजना निर्माण गर्न पर्वत पुग्यो बुटवल उवासंघको टीम

तीन वर्षे रणनीतिक योजना निर्माण गर्न पर्वत पुग्यो बुटवल उवासंघको टीम

  • 1.3K
    SHARES

  • तीन वर्षे रणनीतिक योजना निर्माण गर्न पर्वत पुग्यो बुटवल उवासंघको टीम

    बुटवल,माघ १० । 

    बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले विविध विषयलाई समेट्दै तीन वर्षे रणनीतिक योजना निर्माण गरेको छ । पर्वतको कुस्मामा शनिबारदेखि सोमबारसम्म भएको तीनदिने रणनीतिक योजना तथा संघ व्यवस्थापन गोष्ठीबाट व्यवसायिक वातावरण निर्माणमा जोड दिँदै तीन वर्षे रणनीतिक योजना निर्माण गरिएको हो ।

    उद्योगी व्यवसायीहरुको व्यवसायिक हकहितको संरक्षण र सम्वद्र्धन गर्दै स्थानीय आर्थिक तथा सामाजिक विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने परिकल्पना गरिएको छ । आर्थिक रुपमा सवल, विश्वसनीय सेवा प्रदायक सक्षम सचिवालय, दुरदर्शी र सुशासनयुक्त, प्रतिनीधिमुलक नेतृत्वदायी संघको रुपमा स्थतापित गर्ने लक्ष्य लिइएको छ । संघले गरेको मतसर्वेक्षण तथा वस्तुगत समिति र परामर्शदाताहरुले दिएको सुझावका आधारमा तीन वर्षे रणनीतिक योजना निर्माण गरिएको संघका अध्यक्ष हरीप्रसाद अर्यालले जानकारी गराउनु भयो ।

    संघबाट सदस्य उद्योगी व्यवसायीलाई दिईने सेवामा बृद्धि गर्ने, सदस्यता बढाउने, संघलाई दुरदर्शी, सुशासनयुक्त नेतृत्वदायी संघ बनाउँदै व्यवसायिक वातावरण निर्माणमा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्ने रणनीति तय गर्दै त्यसका लागि समेत कार्ययोजना तयार गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले बताउनु भयो । संघले तय गरेको रणनीति र निर्माण गरेको कार्ययोजना अनुसारका कार्यक्रमलाई अगाडि बढाउन सक्षम सचिवालय र संघको छवी पनि सुदृढीकरण गर्ने गरी कार्यक्रम तयार गरिएको उहाँले बताउनु भयो ।

    कार्यशाला गोष्ठिमा संघका अध्यक्ष अर्याल, निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजू, वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उद्योग उपाध्यक्ष सुरज भट्टराई, वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, महासचिव अधिकारी, कोषाध्यक्ष बसन्तप्रसाद ढकाल, सचिव प्रतिक पोखरेल, सहकोषाध्यक्ष धनाकुमारी (सविता) खनाल, सहित कार्यसमिति सदस्यहरु तथा संघका कार्यकारी निर्देशक मदनकुमार कार्की सहित कर्मचारीहरुको सहभागिता रहेको थियो ।
    बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले कुस्मामा कार्यशाला गोष्ठि गरिरहँदा पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष गोपी अधिकारी सहित पदाधिकारी, कुस्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, प्रतिनिधी सभा सदस्यद्वय डा। सशांक कोइराला, डा.चन्द्र भण्डारीले पनि कार्यक्रम स्थलमै पुगेर शुभकामना व्यक्त गर्नुभएको संघका कार्यसमिति सदस्य तथा रणनीतिक योजना कार्यशाला गोष्ठिका संयोजक निर्मित कसजूले बताउनुभयो ।

    संघले पहिलो पटक कुशप्रसाद मल्ली अध्यक्ष हुँदा २०५९ सालदेखि रणनीतिक योजना निर्माण गरेको थियो । त्यसयता हरेक कार्यकाल सुरुभएपछि कार्यकालभरीको रणनीतिक कार्ययोजना निर्माण गरी सोही अनुसार संघले आफ्ना गतिबिधि अगाडि बढाउँदै आएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology