Logo बिहिवार, आश्विन १ गते २०८३
images

मन्त्रिपरिषद् बैठकले गर्यो १९ वटा निर्णय

मन्त्रिपरिषद् बैठकले गर्यो १९ वटा निर्णय

  • 1.2K
    SHARES

  • मन्त्रिपरिषद् बैठकले गर्यो १९ वटा निर्णय

    काठमाडौं, माघ १०  ।

    सरकारले माघ ९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णय सार्वजनिक गर्नुभएको हो । 

    गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन विवाद सम्बन्धी छानबिन गर्न सरकारले समिति गठन गरेको छ । प्रवक्ता शर्माका अनुसार मन्त्रिपरिषद् बैठकले महान्यायाधिवक्ताकाे कार्यालयका सह–महान्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा समिति गठन भएको हो । समिति सदस्यमा परराष्ट्र मन्त्रालयका सहसचिव, प्रहरी वरिष्ठ उपरीक्षक र उपसचिव हुनुहुन्छ । समितिलाई १५ दिनको म्याद दिइएको छ । 

    त्यसैगरी सरकारले धितोपत्र बजार सञ्चालन गर्ने सङ्गठित संस्था सम्बन्धी अध्ययन गर्न नेपाल राष्ट्र बैङ्कका पूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठनसमेत गरेको छ ।1.jpg2.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology