Logo बिहिवार, आश्विन १ गते २०८३
images

सगरहवाका मूर्तिकलामा शाक्य वंश नरसंहारको कथा (फोटोफिचर)

सगरहवाका मूर्तिकलामा शाक्य वंश नरसंहारको कथा (फोटोफिचर)

  • 2.2K
    SHARES

  • सगरहवाका मूर्तिकलामा शाक्य वंश नरसंहारको कथा (फोटोफिचर)

    बुटवल,माघ ८ ।

    कपिलवस्तुको सरगहवामा राष्ट्रिय मूर्तिकला कार्यशालामा मूर्तिकारहरू काममा व्यस्त छन् । कार्यशालामा देशभरका १५ मूर्तिकार र १५ जना सहयोगीले पुस २३ गतेदेखि मूर्ति निर्माण गर्दै गरिरहेका छन् ।o.jpg

    कार्यशालामा शाक्य बुद्धको वंश नरसंहारको कथा मूर्तिमार्फत देखाइएको छ । जसका लागि ३० जना मूर्तिकार अन्तिमस्वरुप दिन कस्सिनु भएको छ ।लुम्बिनी विकास कोष, कपिलवस्तु नगरपालिका र स्थानीयको सहयोगमा शाक्यको सामूहिक वधस्थल सगरहवा (लम्बुसागर)को प्राचीन कथा कोर्न लागिएको हो । ईपू चौथो शताब्दीअघि भएको घटनालाई दर्शाउनेगरी मूर्ति निर्माण गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताउनुभयो । कार्यशालामा बुद्ध, शान्ति र युद्ध झल्काउन खोजिएको छ । मूर्ति निर्माणका लागि बाणगंगा नदी (प्राचीन भागीरथी) बाट एक वर्षअघि ढुङ्गा ल्याइएको थियो ।kapilvastu murti karyasala (12).jpg

    सगरहवामा कौशल नरेश विरूढकले ७७ हजार शाक्यहरूको सामूहिक नरसंहार गरेको बौद्ध साहित्यमा उल्लेख भएको बौद्ध दर्शनका विज्ञ पोमनारायण पौडेलले बताउनुभयो ।

    बाबु प्रसेनजितलाई झुक्याएर राजा विरुद्धको विवाह भएको थियो । शाक्यहरूले शाक्यपुत्री भनी दासीपुत्रीसँग विवाह गराइदिएका थिए । दासीपुत्री भएको थाहा पाएपछि प्रतिशोधमा विरूढकले प्राचीन कपिलवस्तु राज्यका हजारौँ शाक्यहरूको सामूहिक वध गरेको बुद्ध दर्शनमा उल्लेख छ । kapilvastu murti karyasala (2).jpg

    बुटवलका मूर्तिकार यमबहादुर थापाले शाक्यहरूको वध हुनु अगाडि गौतम बुद्धको ध्यान मुद्रा उहाँले मूर्ति मार्फत दर्साउन खोज्नु भएको छ । मूर्तिकारले विरुधक, क्रकुच्छन्द बुद्ध, कनकमुनि बुद्ध, सिद्धार्थ गौतम बुद्ध, शाक्य वंशको पतन झल्किने गरी मूर्ति निर्माण गरिएको छ ।kapilvastu murti karyasala (8).jpg

    kapilvastu murti karyasala (7).jpgkapilvastu murti karyasala (6).jpgkapilvastu murti karyasala (5).jpgkapilvastu murti karyasala (4).jpgkapilvastu murti karyasala (3).jpgkapilvastu murti karyasala (1).jpgkapilvastu murti karyasala (11).jpgkapilvastu murti karyasala (12).jpgसबै तस्वीरहरू : कपिल ज्ञवाली/नागरिक अनलाइन।

    यी समाचार पनि हेराैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology