Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पाचौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि कालिका मानवज्ञानलाई

पाचौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि कालिका मानवज्ञानलाई

  • 1.6K
    SHARES

  • पाचौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि कालिका मानवज्ञानलाई

    बुटवल,माघ ७।

    पाचौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८० को उपाधि बुटवलको कालिका मानवज्ञान माबिले जितेको छ । देविनगरस्थित एन्फा एकेडेमीको खेलमैदानमा शनिबार भएको प्रतियोगितामा २५ स्वर्ण, ११ रजत र ३ कास्य पदक सहित कुल ३९ पदक सहित कालिका प्रथम भएको हो । उपाधिसंगै रनिङशिल्ड, नगद २५ हजार रुपैया हात पारेको छ ।

    यसैगरि प्रतियोगितामा ७ स्वर्ण, ३ रजत र ६ कास्यसहित १६ पदक जित्दै न्यु होराईजन बोर्डिङ स्कुल दोस्रो हुदै नगद १७ हजार पाँच सय, कपबाट पुरस्कृत भयो ।प्रतियोगितामा ४ स्वर्ण, १ रजत र ५ कास्यसहित १० पदक जित्दै दीप बोर्डिङ स्कुल तेस्रो स्थान हासिल गर्दै नगद १० हजार रुपैयाँबाट पुरस्कार भएको छ । नबिन औद्योगिक माबि भने ३ स्वर्ण, ३ रजत र ५ कास्यसहित ११ पदक जित्दै चौथो भएको छ ।

    प्रतियोगितामा फिल्ड हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, तेक्वान्दोलगायतका १७ विधाका ५४ खेलमा भएका थिए ।

    एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रा अर्याल, प्रमुख प्रशासकिय अधिकृत मित्रमणी खनाल, नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले विजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । नगरका ७२ विद्यालयमध्ये सामुदायिकतर्फ २१, संस्थागततर्फ २१ गरी ४२ वटा विद्यालयका ३ हजार ३५ विद्यार्थीले भाग लिएका थिए ।

    बुटवल उपमहानगरपालिकाको आयोजनामा भएको रनिङशिल्डमा गतवर्ष समेत कालिमा विजेता भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology