बुटवल,माघ ७ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सर्भिस लेनभित्र ‘साईकल लेन’ निर्माण गरेको छ। सर्भिस लेनमा ठुला सवारी गुड्नको लागि छुट्टै लेन र साईकलको लागि छुट्टै लेन बनाउने गरि रोड पेन्टिङ भैरहेको तिलोत्तमा नगरपालिकाले जनाएको छ। नगरपालिकाका इन्जिनियर युवराज पन्थीले आफू सहितका प्राबिधिकबाट अबलोकन भएको बताउदै बाटो लाइनिङ्ग पेंटिंग गर्ने कार्य भैरहेको बताए।
उनले तिलोत्तमा नगरपालिका भित्रका सर्भिस लेनको एक साइडमा साइकल लेनको शुरुवात भएको जानकारी दिए। साइक्लिङ क्लबहरुले पटक पटक माग गर्दै आएको विषयलाइ मुख्य हाईवेमा नभएपछि सर्भिस लेनमा सम्बोधन गरेको भन्दै क्लवहरु खुसी भएका छन।
उनीहरुले साईकल लेनलाइ साईकल मात्रै गुड्ने लेन बनाउन सबै सवारी चालकले ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ। साइकल लेनलाइ सदुपयोग गर्न नगर प्रमुख रामकृष्ण खाँणले आग्रह गरेका छन् ।
पहिलो चरणमा १० लाख लगानीमा योगिकुटीदेखि भलवारीसम्म सडकको दुबैतिर साइकल लेन बनाइएको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)