बुटवल,माघ ५ ।
बुटवल उपमहानगरपालिका ११ स्थित प्रगति माध्यामिक विद्यालयले रजत जयन्ती महोत्सव जारी रहेको छ । आज एक समारोहका बिचमा बिभिन्न पुरस्कार,छात्रबृत्ती प्रदान तथा दातालाइ सम्मान गरिएको छ । विद्यालय स्थापनाको ऐतिहासिक २५ औँ वार्षिकोत्सबको अवसरमा विद्यालय ब्यवस्थापन समितिले विविध कार्यक्रम गरि रजत महोत्सव मनाइरहेको हो ।आजको कार्यक्रमको अक्षयकोष दाता गोपाल रानाले उद्घाटन गर्नुभयो ।
सो अबसरमा बोल्दै प्रमुख अतिथि रानाले सरकारको मुख ताकेर मात्रै नभई समाजमा रहेका बुद्धिजीवि अगुवाहरुले थोरै मात्रै सहयोग गरे पनि बिद्यालयलाई उचाईको बाटोमा लैजान सकिने बताए ।उनले आफु सुरुदेखी नै गासिएको र गरीब तथा जेहेन्दार बिद्यार्थी , दलित बिद्यार्थी , छात्राहरु र शिक्षक व्यवस्थापनको लागी अक्षयकोषको स्थापना गरी पटक पटक गरी ६ लाख रुपैंया बिद्यालयलाई अक्षयकोष निर्माण गर्न प्रदान गरेको बताए ।
अर्काे अक्षयकोष दाता बालकुमारी भण्डारीले आफुहरुले शिक्षाको क्षेत्रमा सकेको योगदान गरेको बताइन्।विद्यालयका अध्यक्ष जित बहादुर मल्लले श्रमिक, गरिब, जनजातीहरुका छोराछोरीहरुलाई शिक्षा दिदै आएको विद्यालय नगरको पहुचमा पुग्न नसकेको अवस्थामा पनि स्थानिय शिक्षाप्रेमीहरुको अगुवाईमा भौतिक र शैक्षिक विकास हुँदै आएको बताए । विद्यालयका प्रधानाध्यापक शिव कुमारी अर्यालले माघ ३ गतेदेखि ७ गतेसम्म सप्ताहब्यापी कार्यक्रम थालिएको र यसका लागि विभिन्न उपसमितिहरु गठन गरिएको जानकारी दिइने ।
७ गतेसम्ममा विद्यालयमा विद्यालयस्तरीय खेलकुद, सास्कृतिक झाकि, अक्षयकोष छात्रवृत्ति वितरण, राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सास्कृतिक प्रस्तुती, सम्मान, स्मारिका बिमोचन तथा दीपावली सहितका कार्यक्रम हुनेछन् । विद्यालयमा हाल २१ शिक्षक–कर्मचारी र ६ सय विद्यार्थीहरु अध्ययरत छन् । बुधबार शोभा कलश यात्रा र शुक्रबार उद्घाटन गरिएको थियो । शुक्रबार इन्जिनियर अमर राव,स्थायी शिक्षकमा नाम निकालेकी यशोधरा रावलाइ सम्मान गरिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)