Logo बिहिवार, आश्विन १ गते २०८३
images

अक्सफोर्डमा होटल म्यानेजमेन्टका विद्यार्थीको फुड फेस्टिवल तथा लाइभ कन्सर्ट

अक्सफोर्डमा होटल म्यानेजमेन्टका विद्यार्थीको फुड फेस्टिवल तथा लाइभ कन्सर्ट

  • 4.7K
    SHARES

  • अक्सफोर्डमा होटल म्यानेजमेन्टका विद्यार्थीको फुड फेस्टिवल तथा लाइभ कन्सर्ट

    बुटवल,माघ ५ ।

    अक्सफोर्ड मावि बुटवलमा  कक्षा ११ र १२ होटल म्यानेजमेन्टका विद्यार्थीको आयोजनामा फुड फेस्टिवल तथा लाइभ कन्सर्ट कार्यक्रम सम्पन्न भएको छ ।

    दुर्गादत्त भण्डारीको अध्यक्षतामा भएको खाना महोत्सव तथा सांगीतिक कार्यक्रममा बोल्दै  विद्यालयका प्राचार्य दिनेश भुसालले  विगतदेखि नै अक्सफोर्डले यस्ता रचनात्मक कार्यक्रम गर्दै विद्यार्थीलाई प्रयोगात्मक रूपमा सिक्ने र सिकाउने वातावरण विद्यालयले सिर्जना गरेको बताए। प्राध्यापक सुमन भुसालले फुड फेस्टिवल कार्यक्रम गर्नुको प्रमुख कारण विद्यालयमा सिकेको ज्ञान र सीपको प्रयोग सँगै विद्यार्थीहरुले आम्दानी कसरी गर्न सकिन्छ भन्ने व्यावहारिक ज्ञान समेत दिन कार्यकम आयोजना गरेको बताए । food festiv.jpg
    २०५९ सालमा स्थापना भएको  यश मा. विमा लामो समयदेखि शैक्षिक क्षेत्रमा क्रियाशील प्रबुद्ध व्यक्तिहरुको संलग्नता रहेको छ । हाल विद्यालयमा कक्षा ११ र १२ मा २५५० विद्यार्थीहरू अध्ययनरत रहेका छन् ।

    विद्यालयले हरेक वर्ष उत्कृष्ट रिजल्ट ल्याउदै आएको छ । खाना महोत्सव कार्यक्रममा विभिन्न ६ ओटा स्टलहरू रहेका थिए। जसमा मम,पिजा,बर्गर, जस्ता परिकारहरू रहेका थिए। करिब  छ हजारको उपस्थितिमा भएको कार्यक्रममा छ लाख बराबरको आर्थिक कारोबार भएको प्राध्यापक गोकर्ण खरेलले बताए ।oxft.jpg

    कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्य तथा गीतहरू समेत प्रस्तुत गरेका थिए भने विभिन्न ब्यान्डहरूले आफ्नो प्रस्तुती देखाएका थिए। खाना महोत्सव कार्यक्रमबाट करिब २ लाख जति नाफा भएको हुंदा उक्त नाफा समेत विद्यार्थीहरूले बाडने भुसालले बताए । ox.jpgकार्यक्रममा अभिभावक संघ रूपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली ,क्याम्पस प्रमुख मनोज मरासिनी ,क्याम्पस अध्यक्ष अजित खनाल,पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष विश्वास ढकाल,विद्यालय ब्यबस्थापन समिति अध्यक्ष ललित खरेल लगायतको सहभागितना थियोे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology