Logo बिहिवार, आश्विन १ गते २०८३
images

रूरूक्षेत्र रिडीमा माघे सङ्क्रान्तिको उल्लास,श्रद्धालुको ओइरो (फोटोफिचर)

रूरूक्षेत्र रिडीमा माघे सङ्क्रान्तिको उल्लास,श्रद्धालुको ओइरो (फोटोफिचर)

  • 4.4K
    SHARES

  • रूरूक्षेत्र रिडीमा माघे सङ्क्रान्तिको उल्लास,श्रद्धालुको ओइरो (फोटोफिचर)

    बुटवल,माघ १ ।

    तीन जिल्लाको संगमस्थल ऐतिहासिक क्षेत्र गुल्मीको रूरूक्षेत्र स्थित रिडीमा माघे संक्रान्तिको अवसरमा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । गुल्मी, पाल्पा र स्याङ्गजाको संगमस्थल रूरूक्षेत्र गाउँपालिकाको रिडीमा माघे संक्रान्तिको अवसरमा रिडीस्थित कालीगण्डकी नदिमा स्नान तथा मेला अवलोकन गर्नेहरुको बिहानैदेखि घुँइचो लागेको हाे ।rishikesh dham.jpg

    माघे संक्रान्तिदेखि तीनदिनसम्म कालीगण्डकीमा स्नान गरेर हृषीकेश मन्दिरको दर्शन गरेमा मोक्ष प्राप्तहुने  विश्वास छ । हिन्दु धर्ममाविश्वास राख्नेहरुको बिहानैदेखि रिडीमा जमघट भएको हो ।

    RIDI GULMI.jpg

    रिडीस्थित कालीगण्डकी नदीमा स्नान गर्ने र ऋषिश्वर देवताको दर्शन गर्न दर्शनार्थीहरू विभिन्न ठाउँबाट आउने क्रम शुरू भएको छ । 

    अहिले तीन जिल्ला जोड्ने झोलुङ्गेपुल निर्माण भएपछि दर्शनार्थीलाई सहज बनेको छ । मेला तीन दिन चल्ने गर्छ ।  पाल्पा, गुल्मी र स्याङजाकै गण्डकी बगरमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरिएको छ । ठूलो ठाउँको कारण व्यापार गर्नेहरू गुल्मीतिर धेरै बस्छन् ।RIDI PUL.jpgRIDI MELA.jpgridi maghe sakranti mela.jpg ruru mela ridi.jpg

    गण्डकी स्नानपछि पाल्पामा ऋषिकेश मन्दिर भएकाले दर्शनार्थीहरू भीड हुन्छ । स्याङ्जामा पनि भलिबल, र्‍याफ्टिङ र सांस्कृतिक कार्यक्रम हुने गर्दछन् । कालीगण्डकी स्नानका लागि गुल्मी, पाल्पा, स्याङ्जा अर्घाखाँची, प्युठान, बुटवल, पर्वत, बागलुङ र भारतको सीमावर्ती क्षेत्रबाट समेत भक्तजनहरू आउने गरेको ऋषिकेश मन्दिरका पुजारी चुरामणि तिमल्सेनाले बताए । ​RURU MAGH.jpg

    रुरू मेला व्यापारका दृष्टिकोणले समेत प्रख्यात मानिन्छ । व्यापारका लागि स्थानीयदेखि रुकुम रोल्पा र भारतीय व्यापारीसमेत रुरू आउँछन् । रुकुमेली काम्लो, रोल्पाको घाँजी र बागलुङका बाँसका सामग्रीले रुरू बगर भरिभराउ हुन्छ । जाडो मौसममा ज्यादै न्यानो र गुणस्तरीय हुने भएकाले काम्लोको व्यापार राम्रो हुने रुरूमा पछिल्लो समय रेडिमेट कपडाले स्थान पाउन थालेको छ ।  रूरू सहित सत्यवती र छत्रकोटका किसानले कृषि उपज र रैथाने बालीको प्रदर्शनीको व्यवस्था मिलाएको रुरूक्षेत्र गाउँपालिका प्रमुख यदु ज्ञवालीले बताए । RIDI PUL.jpg

    ज्ञवालीले तीन जिल्लाको संगमस्थल भएकाले जिल्लागत समन्वय अभाव भए पनि स्थानीय वडा र पालिकासँग समन्वय गरेर सुरक्षा व्यवस्थालगायतका प्रबन्ध राम्रो गरिएको बताए । रुरूक्षेत्र नेपाल पवित्र चार धाममध्ये एक हो । रिडीमा आजैबाट कालिगण्डकी गंगा आरती शुरु भएको खेमराज ज्ञवालीले नागरिक अनलाइनलाइ जानकारी दिए ।ridi mela.jpgridi pulk.jpgruru.jpg rishikesh dham.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology