Logo मंगलवार, श्रावण १२ गते २०८३
images

माघे सङ्क्रान्ति : रूरूक्षेत्रस्थित कालीगण्डकीमा श्रद्धालुको घुँईचो

माघे सङ्क्रान्ति : रूरूक्षेत्रस्थित कालीगण्डकीमा श्रद्धालुको घुँईचो

  • 5.5K
    SHARES

  • माघे सङ्क्रान्ति : रूरूक्षेत्रस्थित कालीगण्डकीमा श्रद्धालुको घुँईचो

    गुल्मी, माघ १ ।

    मकर सङ्क्रान्ति पर्वको अवशरमा गुल्मीको धार्मिक एवं ऐतिहासिक स्थल रुरुक्षेत्रको कालीगण्डकीमा स्नान गर्नका लागि आज बिहानैदेखि श्रद्धालुहरुको घुँईचो बढेको छ ।

    मकर सँक्रान्ति गुल्मी, पाल्पा र स्याङ्जाको सँगम स्थल रुरु क्षेत्रमा अबस्थीत काली गण्डकी नदीमा स्नानगरि त्यस नजिकै रहेको भगवान हृषीकेष मन्दिरमा पुजाआजा गर्नाले देब ऋण, पितृ ऋण र ऋषि ऋणबाट मुक्त हुने जनविश्वास रहिआएको छ ।

    मकर सँक्रान्तिको दिन कालीगण्डकीमा स्नान गर्नाले आफुले अन्जानमा गरेका सम्पूर्ण पापहरु नष्ट भई मोक्ष प्राप्ती हुन्छ भन्ने जनविश्वास छ । नेपालकै चारधाम मध्यको एक धामको रुपमा प्रसिद्ध धार्मिक स्थलको रुपमा चिनिएको रुरुक्षेत्रमा स्नान गर्नका लागि नेपालका अन्य जिल्लादेखि भारतबाट समेत भक्तजनहरुको घुँईचो लाग्ने गर्दछ । गुल्मीमा विषेशगरि जेठी, माईली र कान्छी गरि तीन दिनलाई मकर सँक्रान्ति पर्व मानेर श्रद्धालुहरु काली गण्डकि नदिमा स्नान गर्न आउने प्रचलन छ ।rishikesh dham.jpg

    मकर सँक्रान्ति पर्वको अवशरमा स्थानीय रुरु फ्रेण्ड्स क्लब र फ्रेण्ड्स क्लवको मुख्य आयोजनामा आजदेखि छ दिनसम्म रमाईलो मेला समेत सञ्चालन गरिएको छ । तीन जिल्लाको संगम स्थल कालीगण्डकी नदीमा मकर संक्रान्तिको अवशर सञ्चालन हुन लागेको रिडी मेलामा विशेषगरि हातबाट बुनेका कम्मल, काम्ला, राडी–पाखी लगायत बाँस तथा चोयावाट निर्मित सामग्रिहरुका साथै ओखरका घाँजी, गुँड, सुन्तला लगायतका वस्तुको राम्रो व्यापारहुने गर्दछ ।

    मकर सँक्रान्तिमा रिडी क्षेत्रमा हजारौं श्रद्धालु भक्तजनहरु आउने भएका कारण रिडी मेलामा व्यापार गर्नकाका लागि गुल्मी, पाल्पा, अर्घाखाँची लगायत स्याङ्जा, प्यूठान, वाग्लुङ्, रुकुम, रोल्पा, पर्वत लगायतका ठाउँवाट समेत व्यापारीहरु रिडी आउने गर्दछन ।ridi maghe sakranti mela.jpg

    सँक्रान्तिको दिन मेलामा रुरुक्षेत्र गाउँपालिका र कृषि ज्ञानकेन्द्रको आयोजनामा कृषि मेला प्रर्दशनीको आयोजना गरिएको छ । प्रर्दशनीमा घरेलु उत्पादित सामग्रि लगायत कृषि उपजका वस्तुहरु प्रदर्शनमा राखिएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिनु भएको छ ।

    मेला अबधिभर स्थानीय एवं राष्ट्रिय कलाकारहरुको साँगितिक प्रस्तुति समेत राखिएको छ । मेलालाई व्यवस्थीत रुपमा सञ्चालनका लागि स्थानीय एक दर्जन भन्दा बढी संघ संस्थाहरुको पनि सहयोग रहेको मेला आयोजक संस्था रुरु फ्रेण्ड्स क्लवका अध्यक्ष सोबित थापाले जानकारी दिनु भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology