Logo बिहिवार, आश्विन १ गते २०८३
images

पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेललाई ‘राष्ट्रिय हेल्थ अवार्ड’

पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेललाई ‘राष्ट्रिय हेल्थ अवार्ड’

  • 2.5K
    SHARES

  • पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेललाई ‘राष्ट्रिय हेल्थ अवार्ड’

    बुटवल, पुस २९ ।

    रुपन्देहीका पत्रकार रामराज पाेखरेललाइ राष्ट्रिय हेल्थ अवार्ड प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष तथा लुम्बिनी अनलाइनका सम्पादक समेत रहेका उहाँसहित पाँच पत्रकार तथा चिकित्सकगरि २५ जनालाई स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड हेल्थ अवार्ड प्रदान गरिएको छ ।

    सातै प्रदेशबाट १३ जना चिकित्सक, पांँचजना पत्रकार, पांँचजना स्वास्थ्यकर्मी र दुईवटा स्वास्थ्य संस्थालाई हेल्थ अवार्डबाट सम्मान गरिएको हो ।उहाँहरुलाई शनिबार चितवनमा आयोजित कार्यक्रममा प्रतिनिधी सभा सदस्य डा. शशांक कोइराला, बागमती प्रदेश स्वास्थ्य मन्त्री उत्तम जोशीलगायतले सम्मान गर्नुभएको हो ।

    स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्डबाट चिकित्सक तर्फ प्रा.डा. पशुपति चौधरी, प्रा.डा. रामनरेश पण्डित, डा. निलम चौरासिया, प्रा.डा. राजेन्द्रप्रसाद कोजु, प्रा.डा. लोकबहादुर सेंढाई, डा. हरिबहादुर खड्का ,डा. सरु थापा न्यौपाने रहनुभएको छ । त्यस्तै डा. प्रदेश घिमिरे, डा.गुरुशरण शाह, डा.योगेन्द्र अग्रहरी, डा. अखण्ड उपाध्याय , डा. प्रमोद जोशी र डा. नरबहादुर मौनी रहनुभएको छ ।

    त्यस्तै पत्रकारहरुमा पोख्रेल सहित गणशेखर शर्मा, स्वास्थ्य पत्रकार पूर्णिमा डंगोल शाक्य, दीपकजंग हमाल र महेन्द्रराज श्रेष्ठलाई सम्मान गरिएको छ । स्वास्थ्यकर्मीमा बालकृष्ण गौतम, ईश्वरीप्रसाद भुषाल, दिपेन्द्र कार्की, मेघराज बलामी र सुरेश कुमार अधिकारी रहनु भएको छ । स्वास्थ्य सेवा निर्देशनालय बर्दिया अस्पताल र बुलिंगटार गाउंँपालिकाको कार्यालय, नवलपुरलाई स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्डबाट सम्मान गरिएको हो ।samman.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology