Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गुल्मी रूरूक्षेत्र गाउँपालिकामा कार्यक्रमसँगै बजेट संशोधन

गुल्मी रूरूक्षेत्र गाउँपालिकामा कार्यक्रमसँगै बजेट संशोधन

  • 1.5K
    SHARES

  • गुल्मी रूरूक्षेत्र गाउँपालिकामा कार्यक्रमसँगै बजेट संशोधन

    बुटवल,पुस २८।


    गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०-०८१ को बजेटलाई संशोधन गरेको छ । यस आर्थिक वर्षमा ५३ करोड ५४ लाख ९७ हजार २३० रुपियाँ विनियोजित भएको बजेटलाई संशोधन गरेर गाउँसभाको १५ औं अधिवेशनबाट ५७ करोड ६२ लाख १७ हजार रुपियाँ कायम गरेको हो । 

    चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट संशोधनका लागि गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतमले गाउँसभामा पेश गर्नुभएसंगै संशोधित कार्यक्रम र बजेटमा छलफल भएको थियो । यससँगै चालू आर्थिक वर्ष २०८०-०८१ को कार्यक्रम र बजेट संशोधन भएको छ । गाउँपालिकाले आर्थिक वर्ष ०८०-०८१ को बजेट निर्माण गर्दा अनुमान गरेको अ.ल्या. रकममा वृद्धि भएको हुँदा बजेटको आकारमा पनि वृद्धि गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनुभयो । 

    गाउँसभाको १५ औं अधिवेशनबाट चार करोड ३१ लाख ४९ हजार ३०० रुपियाँ संशोधन गरिएको छ । जसमा चालूतर्फ एक करोड एक लाख रुपियाँ र पूँजीगततर्फ तीन करोड ३० लाख ४९ हजार ३०० रुपियाँ बजेट संशोधन गरिएको हो । विभिन्न ८६ कार्यक्रमको लागि संशोधित भएको बजेट विनियोजनसँगै दश कार्यक्रमहरु पनि संशोधन गरिएको उहाँले बताउनुभयो । 

    त्यसअवसरमा गाउँपालिकाले स्वास्थ्य तथा सरसफाइ ऐन, २०७५ को पहिलो संशोधन गरेको छ भने खानेपानी तथा सरसफाइ र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० लाई स्वीकृत गरेको छ । आर्थिक वर्ष २०७४÷०७५ देखि हालसम्म कायम भएको आठ करोड ४७ लाख रुपियाँ बराबरको गाउँपालिकाको बेरुजु सम्परीक्षणको लागि सभामा छलफल गरिएको थियो । सभामा कार्यपालिकाका यस आर्थिक वर्षका हालसम्मका बैठकका निर्णयहरु अनुमोदनसँगै सार्वजनिक सरोकारका विभिन्न निर्णयहरु गरिएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताउनुभयो । 

    गाउँपालिकाबाट चालू आर्थिक वर्षमा हालसम्म सम्पादन भएका मुख्य उपलब्धिहरुको बारेमा गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले सभामा जानकारी गराउनुभयो । विभिन्न समयमा नागरिकहरुले आफ्नो आवश्यकता अनुसार माग गर्नुभएका योजनाहरुलाई सम्बोधन गरि सबै वडामा समानुपातिक किसिमले कार्यक्रम तथा बजेट विनियोजन समेत गरिएको उहाँले बताउनुभयो ।ruru.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology